१५ चैत्र २०८२, आइतबार | March 29, 2026

बुद्ध र लुम्बिनीको विषयमा अन्तराष्ट्रिय जगतमा भएको भ्रम चिर्न सरकारले अग्रसरता लिन जरुरी



बुटवल ।  बुद्ध र लुम्बिनीको विषयमा अन्तराष्ट्रिय जगतमा भएको भ्रम चिर्न सरकारले अग्रसरता लिन जरुरी रहेको सरोकारवालाले बताएका छन् । उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयको आयोजना तथा नेपाल पर्यटन पत्रकार महासंघ, लुम्बिनी प्रदेशको सहआयोजनामा वृहत्तर लुम्बिनी पर्यटन प्रवद्र्धनमा संचारको क्षेत्रको भुमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले बुद्ध र लुम्बिनीको विषयमा सोध र खोजको कमी रहेको औंल्याउँदै बुद्ध र लुम्बिनीको बारेमा नेपाली भाषामै पुस्तकहरु पाउन नसकिने देखिएको बताए। उनीहरुले लुम्बिनीका बारेमा सधै एउटै कुरा उठ्ने गरेपनि गहन रुपमा उठान हुन नसकेको बताए ।

कार्यक्रमको उद्घाटन गर्दै उद्योग, वन तथा वातावरण मन्त्री कल्पना पाण्डेले आवधिक योजना बनाए अनुसार कार्यक्रमहरु बनाईएको बताईन। उनले धार्मिक वनलाई विकास गरि पर्यटन प्रवद्धन गर्ने योजना प्रदेश सरकारले अघि बढाएको बताउँदै लुम्बिनीको प्रचारप्रचार सरकारको क्षेत्रबाटमात्र गरेर नपुग्ने बताईन् ।

प्राध्यापक डा. गितु गिरिले कार्यपत्र प्रस्तुत गर्दै संघ, प्रदेश सरकारले लिएको संकल्प पर्यटनबाट प्रदेशको आर्थिक विकासलाई सफल बनाउने गरि अघि बढ्न जरुरी रहेको बताए।

उनले विश्व हेरिटेज क्षेत्रमा दर्ता भएको लुम्बिनीको गुरुयोजना सक्ने समयावधि भन्दा पछि परिसकेको बताउँदै गुरुयोजनासंगै बुद्धसंग जोडिएका स्थलहरुको विकासलाई अगाडि बढाउन जरुरी रहेको बताए। ‘निग्लिहवा, गोटिहवा, रामग्राम स्तूप, लगायत बुद्धसंग जोडिएका स्थलसम्म पहुचमार्ग बनाउन जरुरी छ।’ उनले भने, -‘पर्यटकलाई सहज पहुच हुने गरि यातायातको सुविधा, छिटो सर्भिसका कुरालाई ध्यान दिनुपर्ने देखिन्छ ।’

कार्यक्रममा लुम्बिनी सास्कृतिक नगरपालिकाका नगरप्रमुख मनमोहन चौधरी, निर्देशनालयका निर्देशक यम बहादुर कुवर, मन्त्रालयका सचिव डा राजेन्द्र केसी, लुम्बिनी विकास कोषका कोषाध्यक्ष सुरेद्रमुनि शाक्य, नेपाल पर्यटन पत्रकार महासंघ, लुम्बिनी प्रदेशका अध्यक्ष भुवन कार्की, प्रख्यात बन्जाडे, माधव ढुगाना, निरु गौतम, विजय सागर श्रेष्ठ, अनिल कुमार तिवारी, पत्रकार महासंघ रुपन्देहीकी उपाध्यक्ष अमृता अनमोल लगायतले आ आफ्नो धारणा राखेका थिए ।

 

प्रकाशित मिति : २० असार २०७८, आइतबार  १० : २४ बजे

नागरिकको सुरक्षा हुनेगरी मनसुनको पूर्वतयारी गर्न गृहमन्त्री गुरुङको निर्देशन

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले आमनागरिकको सुरक्षा हुनेगरी मनसुन पूर्वतयारी

ओली र लेखकलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

बेटिङ एप र वेबसाइट बन्द गर्न प्राधिकरणलाई निर्देशन

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अनलाइन सट्टेबाजी एप

रविको अभियोगपत्र फिर्ता विरुद्धको रिट सर्वोच्चको पूर्ण इजलासमा सुनुवाइ हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विरुद्धको