१९ माघ २०८२, सोमबार | February 2, 2026

ढोरपाटनको प्रचारका लागि ‘मिडिया मिसन’



बागलुङ । पर्यटकीयस्थलको प्रचारप्रसार र आर्थिक गतिविधि सञ्चालनमा सहयोग गर्न बागलुङको ढोरपाटन नगरपालिकाले मिडिया मिसन सुरु गर्ने भएको छ ।

आगामी आर्थिक वर्षदेखि ढोरपाटन नगरपालिका क्षेत्रमा रहेका सञ्चारमाध्यमको सहायता लिएर पर्यटकीय क्षेत्रको प्रचार थालिने भएको हो ।

पर्यटकीय क्षेत्रको प्रचारप्रसार र प्रवद्र्धनका लागि ‘मिडिया मिसन, गन्तव्य ढोरपाटन’ कार्यक्रम सञ्चालन गर्न थालिएको नगरप्रमुख देवकुमार नेपालीले बताए । “पर्यटकीय क्षेत्रको प्रचार र सञ्चारमाध्यमको सबलीकरण दुवै लक्ष्य राखेका छौँ”, नेपाली भन्छन्, “हाम्रो विकासको आधार कृषि र पर्यटन नै हो ।” नगरभित्रका पर्यटकीयस्थल र क्षेत्रको पहिचान, खोज तथा प्रचारप्रसारका लागि स्थानीय सञ्चारमाध्यमसँग आवश्यक सहकार्य गरिने उनले बताए। नगरका महत्वपूर्ण पर्यटकीय क्षेत्रको नगरपालिकाले वृत्तचित्र तयार गर्ने योजना बनाएको छ ।

आगामी आर्थिक वर्षको नीति कार्यक्रममा पर्यटनको पूर्वाधार विकासमा स्थानीय सङ्घसंस्था, समुदाय तथा निजी क्षेत्रको नेतृत्व तथा सहभागितालाई प्रोत्साहन गर्ने नीतिलाई निरन्तरता दिइने उल्लेख छ । नेपालका विभिन्न पर्यटकीय स्थलमध्ये महत्वपूर्ण गन्तव्य रहेको ढोरपाटन क्षेत्रको इतिहास, भूगोल, धर्म, संस्कृति झल्किने खालका कार्यक्रम कार्यान्वयनमा ल्याइने नेपालीले बताउनुभयो ।

यस्तै कोभिड–१९ को महामारी रोकथाम भएमा उद्योग तथा व्यापारसँग प्रत्येक वर्ष हुँदै आएको कोजाग्रत पूर्णिमा मेला र जनैपूर्णिमा मेलाको सञ्चालनलाई निरन्तरता दिने नीति नगरले बनाएको छ । सांस्कृतिक हिसाबले महत्वपूर्ण मानिएका मेलाले पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास नगरको छ । पर्यटन प्रवद्र्धनसँग जोडिएका ढोरपाटन क्षेत्रमा रहेका महत्वपूर्णस्थल ताल, हिमाल, गुम्बा, मन्दिर जोड्ने पर्यटकीय पैदलमार्ग निर्माण गरिने व्यवस्था नीति कार्यक्रममा उल्लेख छ ।

ढोरपाटन नगरपालिकामा पर्यटन क्षेत्रलाई रोजगारी एवं आयआर्जनसँग जोड्न विभिन्न वडामा सञ्चालित घरबास ९होमस्टे० लाई व्यवस्थित बनाउँदै लगिने तथा आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्न विभिन्न कार्यक्रम सञ्चालनमा ल्याइने भनिएको छ ।

ढोरपाटन उपत्यका ढोरबराह मन्दिर, रुद्र ताल, धोर्जेको धुरी, अर्नाकोट बयचौर क्षेत्र तथा वडा नं ४ स्थित रिखुवा, महखोला झरनालगायतका विभिन्न पर्यटकीय क्षेत्रको प्रचारप्रसार तथा संरक्षणमा जोड दिइने भनिएको छ । नगर क्षेत्रभित्रका विभिन्न पर्यटकीय स्थानमा पर्यटकीय पदमार्ग निर्माण गर्ने, सम्भाव्यता अध्ययन गरिने नगरले जनाएको छ ।

प्रकाशित मिति : २१ असार २०७८, सोमबार  १० : ३६ बजे

बन्दसूचीमा समेटिएकामध्ये मापदण्ड नपुगेका ७६ जनाको नाम सूचीबाट हटाइयो(सूचीसहित)

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचन अन्तर्गत समानुपातिक बन्दसूचीमा

आचारसंहिता पालना नगर्ने पत्रकार र सञ्चार माध्यमप्रति काउन्सिल निर्मम बन्ने

नेपालगन्ज । प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्यले

एन आई सी एशिया बैंकद्वारा प्रतिस्पर्धी ब्याजदरमा ‘गोल्ड लोन’ योजना सार्वजनिक

काठमाडौ । एन आई सी एशिया बैंकले आकर्षक कर्जा योजनाहरू

एनआरएनएको १२औँ सम्मेलन फागुन ३० मा

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए०को १२ औँ गैरआवासीय नेपाली

नेपालमा बोलिने सबै भाषा हाम्रा सम्पत्ति हुन्, कुनैलाई पनि मर्न दिनुहुँदैन : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नेपालमा बोलिने भाषाहरू हाम्रा सम्पत्ति