१७ बैशाख २०८१, सोमबार | April 29, 2024

मृगौला पीडितलाई लायन्स क्लब अफ भैरहवा ग्रिनसिटिद्धारा आर्थिक सहयोग



भैरहवा । लायन्स क्लब अफ भैरहवा ग्रिनसिटिले बर्ष २०२१/०२२ को कार्यक्रम आर्थिक अभावको कारण मृगौला उपचारमा समस्या परेका भैरहवा निवासि प्रविण परियारलाई ५१ हजार सहयोग गर्दै शुरुवात भएको छ ।

सिद्धार्थ नगरपालिका-९ भाग्यपथमा कोठा भाडामा लिई परिवार सहित बस्दै आएका परियारको केही महिना अगाडि मृगौलाले काम गर्न छाडेको थियो । मृगौलाले काम गर्न छाडेपछि उनले आफुसंग भएको सबै जायजेथा र रकम खर्चेर उपचार गराउदा समेत अहिले सम्म निको हुन सकेको छैन ।

परियारलाई यतिबेला मृगौलाको डायालासिस र औषधि खरिद गर्न पनि हम्मे हम्मे परेपछि लायन ईरफान वारिसको सक्रियता तथा संयोजनमा ग्रिनसिटिले आफ्ना सदस्यहरुले दिएको सहयोग रकम संकलन गरि हस्तान्तरण गरेको हो । बर्ष २०२१/०२२ का अध्यक्ष गोबिन्द प्रसाद गिरिको समाजकोलागि संगसंगै भन्ने मुल नाराका साथ यस बर्ष भैरहवा ग्रिनसिटि सामाजिक अभियानमा होमिएको छ ।

सहयोग हस्तान्तरण कार्यक्रममा लायन्स क्लब अफ ३२५ बिटु का द्वितिय उपगभर्नर पिएमजिफ नबराज न्यौपानेले मानविय सेवामा लायन्सहरुको भिडमा ग्रिनसिटिको काम उल्लेखनीय रहेको बताए । उनले भने, ‘स्थापनाको पहिलो बर्षमै मानविय कार्यक्रम गरेकै कारण विभिन्न अवार्ड पाएको लायन्स क्लबअफ भैरहवा ग्रिनसिटिले यो बर्ष पनि महत्त्वपूर्ण काम गरेर गत बर्ष झै रेकर्ड कायम गर्ने विश्वास लागेको छ । प्रविणको उपचारकोलागि गरिएको यो सहयोगले औषधि उपचारमा सहयोग हुने विश्वास लागेको छ ।’

कार्यक्रममा स्थानिय बासिन्दा समेत रहेका लायन्स क्लब अफ ३२५ बिटु का उपसचिव विजय पान्डेले मानविय सेवाभावले ओतप्रेत भएका सदस्यहरुको सहभागिता रहेको लायन्स कल्ब अफ भैरहवा ग्रिनसिटिले आर्थिक समस्याको कारण उपचार गराउन कठिनाई ब्यहोरिरहेका प्रविणको घरमै पुगि सहयोग गर्नु उदाहरणिय कर्म भएको बताए । उनले भने, ‘लायन्स क्लब भैरहवा ग्रिनसिटिको टिम यो असारे झरिको समयमा पनि विरामिको घरमै पुगेर जुन सहयोग गरेको छ त्यो साच्चिकै महत्त्वपूर्ण छ ।’ उनले ग्रिनसिटिको सदस्यहरुको उर्जा र उत्साहले लायन्स डिस्ट्रिकमा समेत हौसला सृजना गरेको बताए ।

बर्ष २०२१/०२२ का अध्यक्ष गोबिन्द प्रसाद गिरिले लायन्स सामुहिक भावले सन्चालित हुने हुदा ग्रिनसिटिले यश बर्ष समाजकोलागि संगसंगै भन्ने थिम राखेको बताए । उनले भने, ‘हाम्रो गभर्नरले आफुलाई विश्वास गर्नुहोस् भन्नुभएको छ हामी विश्वासकासाथ सामाजिक काम संगसंगै गरौ भनेका छौ । गभर्नर ज्युले भने झै हरेक काम आत्मविश्वासका साथ सबैको साथ लिएर संगसंगै गरियो भने सफल हुन्छ भन्ने हाम्रो बुझाई हो । हामी सामाजिक सेवा म वा मेरो अगुवाईमा होईन हामी र हाम्रो अगुवाईमा सबै संगसंगै गर्न चाहन्छौ । यसैले हामिले नारा पनि समाजकोलागि संगसंगै भन्ने तय गरेका हौ ।’

अध्यक्ष गिरिले लायन्स क्लब अफ भैरहवा ग्रिनसिटि गत बर्ष क्यानसर पिडित मनोज गिरिलाई सहयोग गरि ६६ जना संस्थापक सहित स्थापना भएको बताउदै यश बर्षको पहिलो कार्यक्रम पनि आर्थिक अभाबको कारण मृगौला उपचारमा परियारलाई सहयोग गर्दै शुरुवात गरिएको बताए ।

कार्यक्रम संयोजक इरफान वारिसले मानविय सेवाले मानिसलाई खुसि र सुखि बनाउने बताउदै दुबै खुट्टा नभएको एकजना महिलाले हुलाकिलाई चप्पल किनेर दिएको कथा सुनाएका थिए । उनले भने, ‘सामुहिक रुपमा गरिने सहयोग अर्थ पुर्ण हुने हुदा लायन्स ग्रिनसिटिले प्रविणको उपचारमा गरेको सहयोग महत्त्वपूर्ण रहेको छ ।’

ग्रिनसिटिका सचिव थानेश्वर पान्डेको सन्चालनमा पिडित परियारकै घरमा पुगेर सहयोग हस्तान्तरण गरिएको उक्त कार्यक्रममा वडा सदस्य युवराज बराल, लुम्बिनी प्रेस क्लबका अध्यक्ष नरेश के सी लगायतको उपस्थिति रहेको थियो ।

सो अवसरमा आफ्नो बैबाहिक बर्षगाठको अवसरमा सुरज भन्डारि र शिरा रेग्मी भन्डारि दम्पतिले ५१ सय सहयोग समेत गरेका थिए । यसैगरि नवराज भन्डारिले जन्मदिनको अवसरमा पनि सहयोग गरेका थिए ।

प्रकाशित मिति : २१ असार २०७८, सोमबार  ११ : १२ बजे

वीरगञ्जमा प्रहरीले गोली चलाएर एक जना अपराधीलाई लियाे नियन्त्रणमा

वीरगन्ज । वीरगञ्जमा प्रहरीले गोली चलाएर एक जना अपराधीलाई नियन्त्रणमा

संस्कृतिमार्फत पर्यटन प्रवर्द्धनमा गङ्गाजमुना गाउँपालिका

धादिङ । धादिङको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिकाले संस्कृतिमार्फत आन्तरिक तथा

इलाम उपनिर्वाचन : कांग्रेसभन्दा एमाले २ हजार ६१८ मतले अगाडि

काठमाडौं । इलाम-२ उपनिर्वाचनमा नेकपा एमालेको अग्रता कायम छ ।

उच्च गतिको विद्युत् प्रवाह हुँदा ६० घरमा क्षति

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ घरमा आइतबार उच्च गतिको विद्युत्

डोटीमा एक पुरुषको शव फेला

डोटी । डोटीमा एक पुरुषको शव फेला परेको छ ।