१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

प्रधानन्यायाधीशको प्रश्न :- एमाले वाहेकको वैकल्पिक सरकार बन्ने अवस्था छ ?



काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा र वरिष्ठ अधिवक्ता हरिहर दाहालबीच संवैधानिक इजलासमा सवाल जवाफ भएको छ ।

रिट निवेदकका तर्फबाट सोमबार जवाफी बहसको सुरुआत गरेका वरिष्ठ अधिवक्ता दाहालले संविधानको धारा ७६ मा २ अनुसारनै दल चाहिने हो भने उपधारा ५ किन राख्ने? भन्दै प्रश्न गरेपछि प्रधानन्यायाधीश राणासँग सवाल जवाफ चलेको हो ।

‘किन चाहियो यो उप धारा ५ ? शेरबहादुर देउवाको दाबी मात्र संविधान सम्वत हो, अरुको छैन’ दाहालले यस्तो जिकिर गरेसँगै प्रधानन्याधीश राणाले प्रश्न गर्दै भने, ‘धारा ७६(५) को व्यवस्था प्रधानमन्त्री नियुक्तका लागि मात्र हो कि अरु पनि छ ? वाँकी अवधि पूरा हुनका लागि हो कि, सार्थकता दिन्छ जस्तो लाग्छ ?’

दाहालको जवाफ थियो, ‘यही लाग्छ भनेर हामी आएको हो । अघिल्लो पटक वैकल्पिक सरकार बन्छ ।’

त्यसपछि राणाले अहिले एमाले नभइ सरकार बन्ने देखिन्छ भन्दै प्रश्न गरे । ‘पहिलो विघटनमा विकल्पमा सरकार बन्ने देखेर बदर गरेको हो । अहिले त एमाले नभई सरकार बन्ने देखिँदैन, देखिन्छ ?’ राणाको प्रश्न थियो ।

जवाफमा दाहालले भने, ‘अहिले कांग्रेसको मात्र छैन, माओवादी, जनमोर्चा छ । एमालेकै मानिसले वैकल्पिक सरकार बनाउने भनेका छन् । अदालतले संविधान बचाउने कुरा अहिले सोच्ने हो ।’

प्रकाशित मिति : २१ असार २०७८, सोमबार  १२ : ५८ बजे

सञ्चयकर्ता तथा योगदानकर्ताको खातामा मुनाफाको रकम जम्मा

काठमाडौँ । कर्मचारी सञ्चय कोषले गत आर्थिक वर्ष २०८१/८२ मा

जाँदाजाँदै प्रधानमन्त्रीको बिदाइ सम्बोधन (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री पदबाट बिदा हुने पूर्वसन्ध्यामा

वर्तमान निर्वाचन प्रणालीले कुनै दलले बहुमत ल्याउँदैन भन्ने भाष्यलाई गलत साबित : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान निर्वाचन प्रणालीमा कुनै दलले

रास्वपा संसदीय दलको बैठक : संसदीय पदाधिकारी चयन गर्ने अधिकार पार्टी नेतृत्वलाई

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभामुखलगायत संसदीय पदाधिकारी चयन

विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विभिन्न देशमा बसोबास