२४ बैशाख २०८१, सोमबार | May 6, 2024

सुजिताको हत्या भएको भन्दै स्थानीयद्वारा प्रर्दशन जारी, स्थिती तनावग्रस्त हुंँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध



चितवन । असार २० गते आइतबार साँझ राप्ती नगरपालिका वडा नम्बर ३ स्थित स्थानीय ब्रह्मस्थानी सामुदायिक वनमा मृत फेला परेकी राप्ती नगरपालिका वडा नम्बर ३ की सुजिता भण्डारीको हत्यारा यथाशक्य पत्ता लगाउन माग गर्दै स्थानीयले प्रदर्शन र नाराबाजी गरेका छन् ।

आक्रोशित स्थानीयको प्रर्दशनले पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । उनीहरुले सडकमा अवरोध खडा गर्दै ‘मरेपछिको प्रहरी चाहिंँदैन’, ‘सुजितालाई न्याय दे’ जस्ता नारा लगाएका छन् । घटनाले उग्ररुप लिएपछि सयौंको संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ गरिएको छ । शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याउन लागेको एम्बुलेन्समा स्थानीयले अवरोध गर्दा भरतपुर ल्याउन नसकिएको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता सूर्यबहादुर थापाले बताए । “स्थानीयले शव परीक्षणका लागि ल्याउन दिएका छैनन्, भीड पनि अनियन्त्रित छ । हामी पनि तनावमा छौं । थापाले भने,” पूर्वपश्चिम राजमार्ग पनि पूर्ण रुपमा बन्द छ ।”

घटनाको सुक्ष्म अध्ययन गर्न केन्द्रीय अनुसन्धान व्युरो टोली आए पनि स्थानीयले शव ल्याउन दिएका छैनन् । उनीहरुले सत्यतथ्य पत्ता लगाई अपराधी पत्ता लगाएर कारवाहीको ग्यारेन्टी दिन माग गरिरहेका छन् । राप्ती नगरपालिकाका प्रमुख प्रभा बरालले आफन्तजन, स्थानीय अगुवा, समाजसेवी, सुरक्षा प्रमुख, प्रमुख अधिकारीलगायतलाई राखेर छलफल गर्न लागिएको बताइन् । “स्थानीयले हामीलाई हत्यारा पत्ता लगाउन र शव परीक्षणको सत्यतथ्य, यथार्थको होस भनेर ग्यारेन्टीको माग गर्नुभएको छ । सीडीओ साव आउंँदै हुनुहुन्छ छलफल गर्दैछौं ,” बरालले भनिन् ।

जिल्ला प्रशासन कार्यालय, चितवनका सूचना अधिकारी खेम पौडेलले स्थानीयले शव ल्याउन अवरोध गरेको बताए । “स्थानीयले अनुसन्धान र दोषीको खोजी गर्न ढिला भयो भनेर विरोध गरेका छन् । सीडीओ साब त्यहीँ हुनुहुन्छ,” पौडेलले भने ।

घटना भएको ११ दिनसम्म पनि प्रहरीले अनुसन्धान र खोजी गर्न सक्रियता नदेखाएको भन्दै उनीहरु आक्रोशित बनेका हुन् । असार ११ गते बिहान ६ बजे साथीको घर जाने भनेर हिँडेकी सुजिता सोही दिनदेखि बेपत्ता भएकी थिइन् । उनले सोही दिन १२ बजे दिदीलाई फोन गरेर अपहरणमा परेको बताएकी परिवारजनको भनाइ छ ।

प्रकाशित मिति : २१ असार २०७८, सोमबार  १ : ५६ बजे

भक्तपुरमा खुल्ला गुँला बाजा प्रतियोगितामा सम्पन्न

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजनामा भएको खुल्ला गुँला बाजा प्रतियोगितामा

कवाडीवालाको कथामा बनेको लघुचलचित्र ‘भाउ’ सार्वजनिक

काठमाडौं । विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरुमा छनोट भएको सर्टफिल्म ‘भाउ’

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं । नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय

बागमती । बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन, २०७८

लखनउमाथि कोलकोता ९८ रनले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत कोलकोता नाइट राइडर्सले