१९ माघ २०८२, सोमबार | February 2, 2026

सुजिताको हत्या भएको भन्दै स्थानीयद्वारा प्रर्दशन जारी, स्थिती तनावग्रस्त हुंँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध



चितवन । असार २० गते आइतबार साँझ राप्ती नगरपालिका वडा नम्बर ३ स्थित स्थानीय ब्रह्मस्थानी सामुदायिक वनमा मृत फेला परेकी राप्ती नगरपालिका वडा नम्बर ३ की सुजिता भण्डारीको हत्यारा यथाशक्य पत्ता लगाउन माग गर्दै स्थानीयले प्रदर्शन र नाराबाजी गरेका छन् ।

आक्रोशित स्थानीयको प्रर्दशनले पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । उनीहरुले सडकमा अवरोध खडा गर्दै ‘मरेपछिको प्रहरी चाहिंँदैन’, ‘सुजितालाई न्याय दे’ जस्ता नारा लगाएका छन् । घटनाले उग्ररुप लिएपछि सयौंको संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ गरिएको छ । शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याउन लागेको एम्बुलेन्समा स्थानीयले अवरोध गर्दा भरतपुर ल्याउन नसकिएको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता सूर्यबहादुर थापाले बताए । “स्थानीयले शव परीक्षणका लागि ल्याउन दिएका छैनन्, भीड पनि अनियन्त्रित छ । हामी पनि तनावमा छौं । थापाले भने,” पूर्वपश्चिम राजमार्ग पनि पूर्ण रुपमा बन्द छ ।”

घटनाको सुक्ष्म अध्ययन गर्न केन्द्रीय अनुसन्धान व्युरो टोली आए पनि स्थानीयले शव ल्याउन दिएका छैनन् । उनीहरुले सत्यतथ्य पत्ता लगाई अपराधी पत्ता लगाएर कारवाहीको ग्यारेन्टी दिन माग गरिरहेका छन् । राप्ती नगरपालिकाका प्रमुख प्रभा बरालले आफन्तजन, स्थानीय अगुवा, समाजसेवी, सुरक्षा प्रमुख, प्रमुख अधिकारीलगायतलाई राखेर छलफल गर्न लागिएको बताइन् । “स्थानीयले हामीलाई हत्यारा पत्ता लगाउन र शव परीक्षणको सत्यतथ्य, यथार्थको होस भनेर ग्यारेन्टीको माग गर्नुभएको छ । सीडीओ साव आउंँदै हुनुहुन्छ छलफल गर्दैछौं ,” बरालले भनिन् ।

जिल्ला प्रशासन कार्यालय, चितवनका सूचना अधिकारी खेम पौडेलले स्थानीयले शव ल्याउन अवरोध गरेको बताए । “स्थानीयले अनुसन्धान र दोषीको खोजी गर्न ढिला भयो भनेर विरोध गरेका छन् । सीडीओ साब त्यहीँ हुनुहुन्छ,” पौडेलले भने ।

घटना भएको ११ दिनसम्म पनि प्रहरीले अनुसन्धान र खोजी गर्न सक्रियता नदेखाएको भन्दै उनीहरु आक्रोशित बनेका हुन् । असार ११ गते बिहान ६ बजे साथीको घर जाने भनेर हिँडेकी सुजिता सोही दिनदेखि बेपत्ता भएकी थिइन् । उनले सोही दिन १२ बजे दिदीलाई फोन गरेर अपहरणमा परेको बताएकी परिवारजनको भनाइ छ ।

प्रकाशित मिति : २१ असार २०७८, सोमबार  १ : ५६ बजे

वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत अधिकृतसहित तीन जना अख्तियारको नियन्त्रणमा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल भन्सार कार्यालयको

बन्दसूचीमा समेटिएकामध्ये मापदण्ड नपुगेका ७६ जनाको नाम सूचीबाट हटाइयो(सूचीसहित)

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचन अन्तर्गत समानुपातिक बन्दसूचीमा

आचारसंहिता पालना नगर्ने पत्रकार र सञ्चार माध्यमप्रति काउन्सिल निर्मम बन्ने

नेपालगन्ज । प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्यले

एन आई सी एशिया बैंकद्वारा प्रतिस्पर्धी ब्याजदरमा ‘गोल्ड लोन’ योजना सार्वजनिक

काठमाडौ । एन आई सी एशिया बैंकले आकर्षक कर्जा योजनाहरू

एनआरएनएको १२औँ सम्मेलन फागुन ३० मा

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए०को १२ औँ गैरआवासीय नेपाली