१४ श्रावण २०८३, बिहिबार | July 31, 2026

बैंकिङ कसुर अभियोगमा कलाकार तथा निर्देशक शिशिर राणा पक्राउ



काठमाडौं । कलाकार तथा निर्देशक शिशिर शमशेर जबरा (शिशिर राणा) पक्राउ परेका छन् । बैंकिङ कसूरसम्बन्धी मुद्दामा फरार रहेको अभियोगमा प्रहरीले उनलाई विजुलीबजारबाट पक्राउ गरेको हो ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले बैंकिङ कसुरमा राणालाई पक्राउ गरिएको सीआईबीका एसपी गंगा पन्तले जानकारी दिएकी छन् ।

राणालाई उच्च अदालत पाटनले २६ माघ २०७७ मा ४५ लाख जरिवाना र १० दिन कैद सजायको फैसला गरेको थियो । राणाले ललितपुरकै एक व्यक्तिबाट घर व्यवहार चलाउने भन्दै ४५ लाख ऋण लिएको सीआईबीले जनाएको छ ।

तर, रकम भुक्तानी गर्दा पर्याप्त नभएको नबिल बैंकको चेक दिएपछि उनीविरुद्ध बैंकिङ कसुरको उजुरी परेको थियो । सोही उजुरीका आधारमा उच्च अदालत पाटनले उनलाई दोषी ठहर गरेको हो ।

राणाले वडा नम्बर ६, क्लासिक, वीरविक्रम, कायरा, रामकहानी लगायतका फिल्ममा अभिनय गरेका छन् । उनी चलचित्र निर्माता तथा निर्देशक समेत हुन् ।

प्रकाशित मिति : २१ असार २०७८, सोमबार  ८ : २६ बजे

गोलबजार घटनाको छानबिन गर्न समिति गठन

जनकपुरधाम । सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा आज एक जना युवालाई

प्रधानमन्त्रीको राष्ट्रका नाममा सम्बोधन : ‘अशान्त वातावरणलाई लिएर सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील छ’

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीको देवानगञ्ज र सिरहालगायत स्थानमा

रवि लामिछाने र मधेश केन्द्रित दलका शीर्ष नेताबीच छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मधेशमा

मधेस केन्द्रित चार दलको अपिल : ‘घटनाको निष्पक्ष छानबिन होस्, समाजमा सद्भाव कायम राखौँ’

काठमाडौं । मधेस केन्द्रित चार राजनीतिक दलले पछिल्ला घटनाक्रमप्रति गम्भीर

सद्भाव कायम राख्न बुटवलका १२ राजनीतिक दलको संयुक्त अपिल, दोषीमाथि कारबाहीको माग

बुटवल । सुनसरीलगायत देशका विभिन्न स्थानमा हालै घटेका हिंसात्मक घटनाप्रति