५ जेष्ठ २०८१, शनिबार | May 19, 2024

जवरजस्ती करणी गरेर किशाेरीलाई कुटपिट गरी फरार युवक १२ घण्टा भित्रै पक्राउ



अर्घाखाँची । १७ वर्षिया किशोरीलाई करणी गरे कुटपिट गरि फरार भएका एकजनालाई अर्घाखाँची प्रहरीले फरार भएको १२ घण्टा नबित्दै पक्राउ गर्न सफल भएको छ । गत १९ गते राती ८ बजेको समयमा अर्घाखाँची सन्धीखर्क नगरपालिका वार्ड नं. ७ उपल्लो फुदवाङ स्थित झाडीमा किशोरीलाई करणी पश्चात कुटपिट गसर अचेत बनाएर भाग्ने सन्धीखर्क नगरपालिका ७ लामडाँडाका २२ वर्षिय रमेश नेपालीलाई फरार भएको १२ घण्टा भित्रै प्रहरीले पक्राउ गरेको हो ।

उपल्लो फुदवाङ स्थित झाडी नजिकै टाउकोमा चोट सहित अचेत अवस्थामा स्थानीय किशोरीलाई प्रहरीले फेला पारेको थियो । अचेत अवस्थामा रहेकी किशोरीलाई तत्काल उद्धार गरी जिल्ला अस्पताल अर्घाखाँचीमा उपचारको लागी पठाईएको र अनुसन्धानको सिलसिलमा निज पिडित होसमा आए पश्चात प्रहरीले लिएको बयानका आधारमा प्रहरीले नेपालीलाई पक्राउ गरेको हो । पक्राउ परेका नेपालीले ती किशोरीलाई जबरजस्ती करणी गरि कुटपिट गरेको प्रारभिक अनुसन्धानमा खुल्न आएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रवक्ता प्रहरी निरिक्षक गणेश खनालले बताए ।

प्रहरीका अनुसार घटना लगत्तै फरार रहेको नेपालीलाई प्रहरीले २० गते बिहान घटनास्थल नजिकैको जङगल क्षेत्रबाट पक्राउ गरेको थियो । पक्राउ परेका नेपालीलाई करणी सम्बन्धी कसुर अन्तर्गत मुद्धा दर्ता गरि अर्घाखाँची जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरि कानून बमोजिम थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २१ असार २०७८, सोमबार  ९ : ५६ बजे

दाङमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु

दाङ । दाङमा पौडी खेल्ने क्रममा डुबेर एक व्यक्तिको मृत्यु

आज रातीबाट दोस्रो पटक नेपालगन्ज नाका सिल

नेपालगन्ज । स्थानीय प्रशासनले आज रातीबाट नेपाल भारत सीमाको बाँके

एमाले बाँके नवौं अधिवेशन : अध्यक्षमा तीन जनाको उम्मेदारी, निर्वाचन आइतबार बिहानै

नेपालगन्ज । बाँकेमा जारी नेकपा एमालेको नवौं जिल्ला अधिवेशनमा सर्व

संसदीय छानबिन समिति गठन गर्न दलहरु सहमत

काठमाडौं । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल संसद्को गतिरोध

भरतपुरमा सन्तानब्बे वर्षीयाको स्तन क्यान्सरको सफल शल्यक्रिया

चितवन । चितवनमा ९७ वर्षीया वृद्धाको स्तन क्यान्सरको सफल शल्यक्रिया