१ पुस २०८२, मंगलबार | December 16, 2025

बैतडी अस्पतालमा अक्सिजन प्लान्ट जडानका लागि सम्झौता



बैतडी । जिल्ला अस्पताल बैतडीमा अक्सिजन प्लान्ट जडानको काम अघि बढेको छ । असारभित्र प्लान्ट निर्माण सम्पन्न गर्ने गरी हेल्थ केयर सप्लायर्स काठमाडौंसँग सम्झौता भएको अस्पतालका प्रमुख डा.वशन्तराज जोशीले जानकारी दिए ।

‘प्लान्ट खरिद गरी जडानका लागि बोलपत्र आह्वान गरी सप्लायर्स छनौट गरेका छौं,’ उनले भने, ‘यो आर्थिक वर्षभित्र प्लान्ट स्थापना गर्ने भनेर सम्झौता गरेका छौं ।’

प्लान्ट जडानका लागि संघीय सरकारबाट एक करोड ५० लाख र सुदूरपश्चिम प्रदेश सरकारबाट ८० लाख रुपैयाँ प्राप्त भएको डा.जोशीले बताए । कोरोना महामारीको दोस्रो लहर फैलिएपछि जिल्लामा अक्सिजन अभाव भएपछि प्रदेश सरकार र संघीय सरकारले प्लान्ट जडानका लागि बजेट विनियोजन गरेको थियो ।

प्लान्ट जडान भएपछि कोरोना महामारीका लागि मात्रै नभएर निर्माणधीन ५० शय्याको अस्पतालका लागि पनि सहयोग पुग्ने डा.जोशीको भनाइ छ । जिल्ला अस्पताल बैतडीमा १०० भन्दा बढी अक्सिजन सिलिण्डर र ३६ वटा अक्सिजन कन्सन्ट्रेटर छन ।

भारतसंग सीमा जोडिएको बैतडीमा हालसम्म कोरोना संक्रमणबाट १८ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : २२ असार २०७८, मंगलबार  ७ : ०१ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज