१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

साझा विश्वव्यापी प्रगतिका लागि उत्कृष्ट विचार अंगाल्न सीपीसी महासचिव सी चिङफिङको आग्रह



काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का महासचिव एवं राष्ट्रपति सी चिङफिङले विश्वका राजनीतिक दलहरुलाई मानव जातिको भलाई र प्रगतिका लागि ऐतिहासिक जिम्मेवारी निभाउन आह्वान गरेका छन् ।

बेइजिङमा सीपीसी विदेश विभागद्वारा आयोजित बर्ल्ड पोलिटिकल समिटलाई सम्बोधन गर्दै महासचिव सीले कि नोट स्पीच दिँदै यस्तो आह्वन गरेका हुन् ।

सीले राजनीतिक दलहरुसँग साझा विश्वव्यापी प्रगतिका लागि उत्कृष्ट विचार अंगाल्न आग्रह गरे । महान समयले भव्य वास्तुकलाको आह्वान गर्दछ, र भव्य वास्तुकलाले विशाल विश्व दृष्टिकोणको माग गर्दछ’ सीले भने, ‘साझा भविष्यको साथ विश्वव्यापी समुदायको परिप्रेक्ष्यमा हेर्दा विश्व एक विशाल र व्यापक स्थान हो जहाँ सहयोगका अवसरहरू पूर्ण छन्।’

महासचिव सीले कोरोना महामारीलाई राजनीतिकरण र भौगोलिक लेवल नजोड्न चेतावनी दिए । सीले कोभिड-१९ विरुद्ध विज्ञानमा आधारित प्रतिक्रिया दिनुपर्ने बताउँदै उनले एकजुट भएर महामारी विरुद्ध जुध्नुपर्ने धारणा राखे ।

महासचिव सीले अन्तराष्ट्रिय नियम केही सीमित र राष्ट्रप्रेरित नभै सार्वभौम रुपले मान्यताप्राप्त मापदण्डको आधारमा हुनुपर्ने जिकिर गरे । उनले देशहरुबीच सहयोग गर्दा राजनीतिक आधिपत्य गर्न नभै सिंगो मानव जातिको सेवा गर्ने हिसाबले हुनुपर्ने धारणा राखे ।

प्रकाशित मिति : २२ असार २०७८, मंगलबार  ६ : ५० बजे

हराएको डेढ महिनापछि जङ्गलमा शव भेटियो

म्याग्दी । डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका

ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू

‘पुँजीगत खर्च बढाउँदा अर्थतन्त्र चलायमान हुन्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले पुँजीगत