२१ मंसिर २०८२, आइतबार | December 7, 2025

साझा विश्वव्यापी प्रगतिका लागि उत्कृष्ट विचार अंगाल्न सीपीसी महासचिव सी चिङफिङको आग्रह



काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का महासचिव एवं राष्ट्रपति सी चिङफिङले विश्वका राजनीतिक दलहरुलाई मानव जातिको भलाई र प्रगतिका लागि ऐतिहासिक जिम्मेवारी निभाउन आह्वान गरेका छन् ।

बेइजिङमा सीपीसी विदेश विभागद्वारा आयोजित बर्ल्ड पोलिटिकल समिटलाई सम्बोधन गर्दै महासचिव सीले कि नोट स्पीच दिँदै यस्तो आह्वन गरेका हुन् ।

सीले राजनीतिक दलहरुसँग साझा विश्वव्यापी प्रगतिका लागि उत्कृष्ट विचार अंगाल्न आग्रह गरे । महान समयले भव्य वास्तुकलाको आह्वान गर्दछ, र भव्य वास्तुकलाले विशाल विश्व दृष्टिकोणको माग गर्दछ’ सीले भने, ‘साझा भविष्यको साथ विश्वव्यापी समुदायको परिप्रेक्ष्यमा हेर्दा विश्व एक विशाल र व्यापक स्थान हो जहाँ सहयोगका अवसरहरू पूर्ण छन्।’

महासचिव सीले कोरोना महामारीलाई राजनीतिकरण र भौगोलिक लेवल नजोड्न चेतावनी दिए । सीले कोभिड-१९ विरुद्ध विज्ञानमा आधारित प्रतिक्रिया दिनुपर्ने बताउँदै उनले एकजुट भएर महामारी विरुद्ध जुध्नुपर्ने धारणा राखे ।

महासचिव सीले अन्तराष्ट्रिय नियम केही सीमित र राष्ट्रप्रेरित नभै सार्वभौम रुपले मान्यताप्राप्त मापदण्डको आधारमा हुनुपर्ने जिकिर गरे । उनले देशहरुबीच सहयोग गर्दा राजनीतिक आधिपत्य गर्न नभै सिंगो मानव जातिको सेवा गर्ने हिसाबले हुनुपर्ने धारणा राखे ।

प्रकाशित मिति : २२ असार २०७८, मंगलबार  ६ : ५० बजे

साँगा-धुलिखेल सडक : पुलबजार खण्डमा स्तरोन्नति सुरु

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक-धुलिखेल खण्डको पलुबजार क्षेत्रमा स्तरोन्नति सुरु

मधेशका मुख्यमन्त्रीको शपथग्रहण आज

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद

धादिङको चालिसेमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु, ६८ घाइते

काठमाडौं । धादिङको धुनीवेशी नगरपालिका-६, चालिसेमा भएको भीषण सवारी दुर्घटनामा

गोवाको एक नाइट क्लबमा भीषण आगलागी हुँदा २५ जनाको मृत्यु

गोवा । भारतको गोवास्थित एक चर्चित नाइट क्लबमा भीषण आगलागी

बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत मर्मतपछि सञ्चालनमा

काठमाडौं। नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा रसुवामा