१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

बेलायतमा कोरोनालाई पराजित गर्दै घर फर्किए पद्म राणा



लन्डन । कोरोना भाइरस (कोभिड १९) संक्रमण चपेटामा संसार परेको बेला सामान्य ज्वरो अनि निरन्तर खोकी लागेपछि उनको मन अशान्त हुन पुग्यो ।

एक सातासम्म औषधि खाँदा पनि खोकीले निको हुने छाँटकाँट नदेखाएपछि निमोनियाँ वा कोरोना भाइरस संक्रमण भएर कतै छातीमा इन्फेक्सन पो हुन्छ कि भन्ने डरले पद्म राणाले एम्बुलेन्सलाई खवर गरे । खवर गरेको केहीवेरमै स्वास्थ्यकर्मीसहित एम्बुलेन्स घरमै आइपुग्यो ।

साउथ इस्ट लन्डन वुलवीचमा रेस्टुरेन्ट व्यवसाय गरिरहेका राणाको आशंका निवारण नगरी सामान्य चेक जाँच गरी एम्बुलेन्सका स्वास्थ्यकर्मी फर्किए । करीब दुई साता अघिको घटना सम्झिँदै उनले भने, ‘कोभिड १९ बाट संक्रमित व्यक्तिका कारण भरिभराउ अस्पतालमा उनीहरुले तत्काल भर्ना गर्न खोजेनन् होलान् ।’

स्वास्थ्यकर्मीले राणालाई थप एक दिन निगरानीमा राख्ने निर्णय गर्दै केही एन्टिवायोटिक औषधी दिएका रहेछन् । एन्टिवायोटिक खाँदा पनि बिमारीमा केही कमी नआएपछि उनले आत्तिँदै दोस्रो दिन पनि एम्बुलेन्स बोलाए । राणाको अवस्था जानकारी भैसकेकाले दोस्रो पटक आएका एम्बुलेन्ससहितको स्वास्थ्यकर्मी टोलीले उनलाई क्वीन एलिजावेथ अस्पताल पुर्यायो ।

अस्पताल पुगे लगत्तै छातीको एक्सरे गरियो । एक्सरे रिपोर्टले राणाको निमोनियाको शंका सही सावित भयो । अर्को चेक जाँच भयो कोरोना भाइरस संक्रमणको । त्यसमा पनि पोजेटिभ भेटियो । निमोनिया र कोरोना पोजेटिभ भेटिए पनि राणा आत्तिएनन् । उनले पहिलो पटक बेलायत आउँदा गरेको दुःख सम्झिए । ‘बेलायत आएर ठेलामा मःम बिक्री गर्दै परिवार बस्ने घर, सवारी साधन र व्यवसाय गरेर यहाँसम्म आइपुगेको छु । यो कोरोनाले मलाई छुन सक्दैन ।’

उनले माहामारी रोग कोरोनासँग लड्ने तयारी गरे । कोरोना संक्रमण हुने बित्तिकै मरिहालिन्छ भन्ने भ्रमलाई चिर्ने संकल्प लिए । आफन्त तथा सुख दुखमा साथ दिने जीवन संगीनी सम्झिए । राणाले मन मनै यस्तो रोगसँग लड्ने संकल्प गर्दागर्दै उनलाई एउटा छुट्टै कोठामा राखेर उपचार सुरु भयो ।

क्वीन एलिथावेथ अस्पताल भर्ना भएको एक सातामा उनलाई सानो पाइपबाट निरन्तर अक्सिजन दिइयो । २३ मार्च सोमबार अस्पतालबाट डिस्चार्ज हुनु दुई दिनअघि अक्सिजन झिकेर उनको स्वास्थ्य अवस्था जाँच गरियो । त्यसमा पनि कुनै समस्या नेदेखिएपछि गत आईबारदेखि राणा होम आईसोलेसनमा बसेका छन् । परिवारसँग बसेपनि निकै सरसफाई र सोसियल डिस्ट्यान्समा विशेष ध्यान दिएको उनले बताए ।

झण्डै दुई दशकअघि बेलायत छिरेका राणालाई कपुर नामले धेरैले चिन्दछन् । साउथ इस्ट लन्डनमा ठेलामा मःमः विक्रीदेखि साउथ वुलवीचमा फ्युजन रेष्टुरेन्टसम्मको यात्रामा अहिले धेरै नेपालीले राणालाई चिनिसकेका छन् । राणाले कोराना भाइरस संक्रमणसँग लड्दा कहिल्यै हिम्मत हारेनन्।

‘मैले उच्च मनोवल लिएर कोभिड १९ सँग लडेँ र जित पनि हासिल गरेको छु’ उनले वीनेपालीसँग भने, ‘संसारभर माहामारीका रुपमा फैलिएको कोरोना भाईरसको संक्रमणबाट डराउनु पर्छ । त्यो स्वभाविक पनि हो । तर, डरलाई जित्नु नै यो रोगसँग लड्ने क्षमता हो ।’

व्यवसायी राणाले युद्ध मैदानमा जादा गोली गठ्ठा बोके जस्तै कोभिड १९ सँग लड्न आफै बलियो सोच हुनुपर्ने बताए । उनले नेपाली समुदायले मुख्य कुरा डाइटिङ भन्दा व्यालेन्स डाईटमा ध्यान दिन जरुरी भएको सुझाए । घरमै आराम गरिरहेका राणाले भौतिक रुपमा एक अर्कालाई छोएपछि सर्ने रोग भएकाले २ मिटर फरकमा रहनु र हरेक दिन सरसफाई गर्नु नै कोरोना भाइरसको संक्रमणबाट बच्ने उपाए भएको जनाए ।

कोरोना भाइरस संक्रमणका कारण बेलायतमा अहिलेसम्म एक हजार चार सय ८ जनाको मृत्यु भैसकेको छ । २२ हजार एक सय ४१ जना कोरोना संक्रमित बेलायतमा उपचारार्थ अस्पतालमा भर्ना गरिएको छ भने एक ३५ जना उपचारपछि घर फर्किसकेका छन् ।

प्रकाशित मिति : १९ चैत्र २०७६, बुधबार  ७ : १२ बजे

आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा

विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग

काठमाडौँ । उज्यालो नेपाल पार्टीले विदेश तथा आफ्नो निर्वाचन क्षेत्र

जनकपुरलाई चार विकेटले हराउँदै लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा प्रवेश

काठमाडौं । साविक विजेता जनकपुर बोल्ट्सलाई चार विकेटले हराउँदै लुम्बिनी

चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन्

बुटवल । रुपन्देहीको बुटवलमा भएको जिल्लास्तरीय चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवाद

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज