३ पुस २०८२, बिहिबार | December 19, 2025

सञ्चार विधेयक फिर्ताको माग गर्दै लुम्बिनी प्रदेशसभा भवनमा पत्रकारहरुको धर्ना



बुटवल । सञ्चार विधेयकका विरुद्ध लगातार आन्दोलनमा रहेको नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशले आज लुम्बिनी प्रदेशसभा भवनमा धर्ना दिएको छ । सञ्चार बिधेयक फिर्ता गरी पुनर्लेखनको माग गर्दै महासंघ लुम्बिनी प्रदेश समितिले लुम्बिनी प्रदेशसभा अगाडि धर्ना दिएको हो ।

विधेयकबारे सबै प्रदेशसभा सदस्यहरुको ध्यानाकर्षण गराउने उद्देश्यले प्रदेशसभा बैठक शुरु हुनु एक घण्टा अघि दिउँसो १२ बजेदेखि १ बजेसम्म महासंघ आवद्ध पत्रकारहरुले कालो ब्यानरसहित प्रदेशसभाको मुल गेट अगाडि धर्ना दिएका थिए ।

धर्ना कार्यक्रममा बोल्दै पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका अध्यक्ष वसन्त गिरीले विधेयकको मस्यौदामा राखिएका सञ्चारमाध्यम दर्ता, नवीकरण बन्द, सञ्चार परिषद् गठन, दण्ड जरिवानाका दफाप्रति महासंघको आपत्ति रहेकाले पुनर्लेखन हुने पर्ने बताए । उनले बिधेयक फिर्ताका लागि शान्तिपूर्ण आन्दोलनमा आउनु परेको बताए ।

विधेयकमा सञ्चार रजिष्ट्रार (सरकारी कर्मचारी)ले सञ्चारमाध्यमको दर्ता नवीकरण बन्द गर्नसक्ने, पत्रकारलाई कार्यक्रम प्रसारण गरेवापत एक वर्ष कैद सजाय तोक्न सक्ने जस्ता संघीय कानून विपरीतका प्रावधान रहेकाले महासंघले विधेयक अस्वीकार गर्ने बताउँदै आएको छ ।

बिधेयकमा सञ्चार परिषद्को अध्यक्षमा प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री र अधिकांश सदस्यहरू पनि मन्त्रालयका सचिवहरू रहने प्रस्ताव गरिएको छ । परिषद्लाई सरकारको नियन्त्रणमा राखेर स्वतन्त्र र व्यावसायिक पत्रकारितालाई निरुत्साहित गर्ने सरकारको निहीत उद्देश्य रहेको महासंघको आरोप छ ।

 

प्रकाशित मिति : २७ असार २०७८, आइतबार  ५ : ३३ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको