२० बैशाख २०८१, बिहिबार | May 2, 2024

युरोकप फाइनल : इटालीले दोस्रो हाफमा बराबरी गोल फर्काएपछि अतिरिक्त समय थपियो



काठमाडौं । युरोपेली च्याम्पियनसिप २०२० को फाइनल अन्तर्गत इंग्ल्यान्ड र इटालीबीचको खेल अतिरिक्त समयमा लम्बिएको छ । इटालीले दोस्रो हाफमा बराबरी गोल फर्काएपछि निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकिएको हो ।

खेलको दोस्रो मिनेटमा नै इंग्ल्यान्डले लुक शाको गोलमा अग्रता लिएको थियो । इटालीको कर्नरबाट अघि बढेको इंग्ल्यान्डको काउन्टर अट्याकमा शा गोल गर्न सफल भएका थिए । दायाँ विंगबाट काइरान ट्रीपिएरले दिएको क्रसलाई शाले बायाँ भागबाट पहिलो टचमा नै गोल गरेका थिए ।

दोस्रो हाफमा इटालीले सुधारिएको खेल प्रदर्शन गर्दै खेलमा फर्कियो । ६७ औं मिनेटमा इटालीले बोनुचीको गोलमा खेल बराबरी गर्यो । बेरार्डीको कर्नरमा भेराट्टीको हेडरलाई पिकफर्डले बचाएपनि पोस्टमा लाग्दै फर्केको बलमा बोनुचीले कुनै गल्ती गरेनन् । इंग्ल्यान्डको डिफेन्सले क्लिअर गर्न नसकेको सेट पिसमा इटाली खेलमा फर्किएको थियो ।

 

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  २ : ५४ बजे

बुटवलमा आजदेखि अन्डर यू-१४ टी-२० क्रिकेट प्रतियोगिता

बुटवल । बुटवलमा अन्डर यू-१४ टी-२० क्रिकेट प्रतियोगिता आजदेखि सुरु

पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता : चार पालिका विजयी

बुटवल । जिल्ला भलिबल संघ रुपन्देहीले आयोजना गरेको पालिकास्तरीय दोस्रो

प्रचण्ड गर्मीमा ‘गुइँठा’ बनाउँदै महोत्तरीका गृहिणी

महोत्तरी । अहिले वैशाखको तेस्रो सातामै महोत्तरीमा तापक्रम दैनिकजसो ४२

रामेछापमा जुनारको जुस बिक्री बढ्यो

रामेछाप । गर्मी बढेसँगै रामेछापमा जुनारको जुस बिक्री बढेको छ

गभर्नर जनरलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं । क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर