२९ श्रावण २०८३, शुक्रबार | August 14, 2026

अमेरिकाले उपलब्ध गराएको १५ लाख डोज कोरोना खोप नेपाल आइपुग्यो, १ डोज लगाए पुग्ने



काठमाडौं । अमेरिकाले नेपाललाई कोभ्याक्स सुविधाअन्तर्गत दिएको कोरोना भाइरसविरुद्धको खोप नेपाल आइपुगेको छ ।

सोमबार बिहान कतार एयरवेजको उडानमार्फत अमेरिकाले उपलब्ध गराएको जोनसन एण्ड जोनसन कम्पनीको १५ लाखा ३४ हजार ८५० डोज खोप नेपाल आइपुगेको हो । यो खोपको एक डोज मात्र लगाए पुग्छ । अर्थात नेपालमा थप १५ लाख ३४ हजार ८५० जनाले जोनसन एण्ड जोनसनको खोप लगाउन पाउनेभएका छन् ।

अमेरिकी राजदूत र्याण्डी बेरीले स्वास्थ्य मन्त्री कृष्णगोपाल श्रेष्ठलाई खोप हस्तान्तरण गरेका छन् । नेपालको कोरोना विरुद्धको लडाईंमा यो खोप महत्वपूर्ण बन्ने अमेरिकाले विश्वास गरेको छ ।

खोप हस्तान्तरणपछि भिडियो सन्देश दिँदै राजदूत बेरीले अमेरिकाले राजनीतिक लाभका लागि खोपको व्यापार नगर्ने बताएका छन् । उनले नेपाललाई उपलब्ध गराएको खोप अमेरिकी जनताको तर्फबाट निशुल्क उपहार भएको बताउँदै भनेका छन् – ‘राजनीतिक लाभका लागि हामी खोपको व्यापार गर्ने छैनौं । यो जीवनरक्षासँग जोडिएको विषय हो ।’

नेपाललाई यसअघि भारतले १० लाख डोज र चीनले १८ लाख डोज खोप सहयोग गरिसकेका छन् । यस्तै विश्व स्वास्थ्य संगठन डब्लुएचओले कोभ्याक्स सुविधाको ३ लाख ४८ हजार डोज खोप सहयोग गरेको छ ।

यसैगरी नेपालले भारतसँग थप २० लाख डोज खरिद गरेपछि त्यसमध्ये जम्मा १० लाख डोज खोप मात्र नेपालले प्राप्त गरेको छ । भारतबाट किनेको खोप नपाउँदा कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका १३ लाख जेष्ठ नागरिकले दोस्रो डोज खोप लगाउन पाएका छैनन् ।

खोपमा भारतको मात्र भर परेको नेपाले भारतसँगबाट थप खोप प्राप्त गर्न सक्ने कुनै अवस्था नभएपछि मात्र चीनसँग ४० लाख डोज भेरोसेल खोप खरिद गरेको छ । यसको पहिलो खेप नेपाल आइसकेको छ ।

 

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  ११ : ०६ बजे

राष्ट्रिय वाणिज्य बैंकको नाफा ६०.६८ प्रतिशतले वृद्धि

काठमाडौं । नेपाल सरकारको स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले

पाकिस्तानी दूतावासले मनायो ८०औँ स्वतन्त्रता दिवस, नेपालसँग सम्बन्ध थप सुदृढ गर्ने प्रतिबद्धता

काठमाडौं । पाकिस्तानको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा काठमाडौंस्थित पाकिस्तानी दूतावासमा

सरकारी कर्मचारीलाई वैदेशिक भ्रमणमा पूर्वस्वीकृति अनिवार्य

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारी सेवामा हुने वैदेशिक

काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्राडा. विवेक बराल नियुक्त

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)को उपकुलपतिमा प्राडा विवेक बराल नियुक्त

सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले पद तथा