२० श्रावण २०८३, बुधबार | August 5, 2026

सीमामा अलपत्र भारतीयहरु प्रतिमान नीमा कलेजमा



भैरहवा । नेपाल भारत सीमा नाका सुनौलीमा अलपत्र परेका नेपालीलाई भारतमै क्वारेन्टाइनमा राखेर व्यवस्थापन गरिएको छ । केही दिनदेखि सीमा क्षेत्र सुनौली दशगजामा बस्दै आएका ३ सय नेपालीलाई नौतनवामा राखिएकोे हो ।

मंगलबार नेपाल र भारत दुई देशका सुरक्षा अधिकारीबीचको संवादले दुवै देशमा अलपत्र परेका नागरिकलाई आ–आफ्नै देशतर्फ व्यवस्थापन गर्ने सहमति भएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जानकारी दिनुभयो ।

नेपालबाट भारततर्फ जानका लागि बेलहिया पुगेका १ सय ५६ जना भारतीय मजदुरलाई भने नेपाल पक्षले क्वारेन्टाइनमा राख्ने गरी सहमति गरिएको प्रजिअ पन्थले जानकारी दिनुभयो । दुवै देशका नागरिक दशगजा क्षेत्रमा अलपत्र परेपछि स्थानीयस्तरबाट दुवै देशका सरकार प्रति आलोचना बढेको थियो ।

सीमामा अलपत्र परेका नेपालीलाई भारतको नौतनवातर्फ लगिएको छ भने भारतीय मजदूरलाई रुपन्देहीको भैरहवास्थित प्रतिमान निमा कलेजमा निर्माण गरिएको क्वारेन्टाइनमा राखिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता खड्क बहादुर खत्रीले जानकारी दिनुभयो ।

प्रतिष्ठानले २००३ देखि शिक्षा, स्वास्थ तथा वातावरणको क्षेत्रमा काम गर्दै आइरहेको छ, संकटमा परेका मानिसलाई सहयोग गर्नु मानवीय दायित्व हो, प्रतिमान नीमा स्मति प्रतिष्ठानकी कार्यकारी निर्देशक स्वाती थापाले भन्नुभयो, “संकटको समयमा परेका व्यक्तिका साथै राज्यलाई सहयोग गर्नु हाम्रो दायित्व हो ।” सरकारको काममा थप सहयोग होस् भन्ने उद्देश्यले प्रतिष्ठानले यस्तो कदम चालेको उहाले बताउनुभयो ।

प्रतिमान–निमा कलेजको क्वारेन्टाइनमा बसेका भारतीय नागरिकहरुलाई सिद्धार्थनगर नगरपालिकाले व्यवस्थापन गरेको उपप्रमुख उमा काफ्लेले बताउनुभयो । यहाँ खानपिनको व्यवस्था छ, क्वारेन्टाइनमै उहाँहरुलाई १४ दिन राखिनेछ, अहिलेको अनुसार महामारीमा सर्तकता अपनाउँदै अगाडी बढ्नुपर्छ, उहाले भन्नुभयो ।

त्यस्तै क्वारेन्टाइनमा रहेका भारतीय नागरिकहरुको व्यवस्थापनमा बेलहिया समाजले पनि सहयोग गरेको स्थानीय रमेश पोखरेलले बताउनुभयो । सीमा क्षेत्रमा अलपत्र परेका नेपालीलाई समुह बनाएर नेपाल ल्याउन प्रदेश ५ सरकारले निर्णय गरे पनि त्यो भने कार्यान्वयन हुन सकेन ।

प्रकाशित मिति : १९ चैत्र २०७६, बुधबार  ६ : ३३ बजे

सौराहाको मध्यवर्ती क्षेत्रमा नयाँ जङ्गली हात्ती

चितवन । चितवन राष्ट्रिय निकुञ्जको सौराहा क्षेत्रमा नयाँ जङ्गली हात्ती

इँटाभट्टाको पर्खाल भत्किँदा बाँकेमा दुई मजदुरको मृत्यु

नेपालगञ्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१९ भैयापुरस्थित न्यु किसान इँटाभट्टामा पर्खाल

सिमलतालमा पहिरो खस्दा मुग्लिन-नारायणगढ सडक पूर्ण अवरुद्ध

काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्डअन्तर्गत सिमलताल नजिकै मंगलबार बिहान पहिरो खस्दा

बेनी-जोमसोम सडक रातिमा बन्द

गण्डकी । म्याग्दी सदरमुकाम बेनीदेखि मुस्ताङको जोमसोम जोड्ने सडकखण्डमा रातको

बीजक लिन-दिन आन्तरिक राजस्व विभागको आग्रह

काठमाडौं । आन्तरिक राजस्व विभागले वस्तु तथा सेवा खरिद-बिक्री गर्दा