२० मंसिर २०८२, शनिबार | December 6, 2025

रुपन्देहीको कोटहिमाईको जुवा अड्डामा प्रहरीको छापा, १ लाख ६८ हजार नगद सहित ११ जुवाडे पक्राउ



बुटवल । रुपन्देही प्रहरीले जिल्लाको कोटहिमाईमा संचालनमा रहेको जुवा अड्डामा छापा मारेको छ । आर्थिक लेनदेन गर्दै जुवा अड्डा संचालनमा रहेको सूचनाका आधारमा आज प्रहरीले छापा मार्दा जुवा खेलिरहेका ११ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्ने जुवाडेहरुमा जिल्ला रुपन्देही कोटहीमाई गाउँपालिका ३ का मोहमद लाडले अन्सारी, धर्मेन्द्र भन्ने कम्लेश कुमार यादव, विशाल यादव, मोहमद सरिफ जोलहा, सुरज यादव, निरज कुमार यादव, संजय जैशवाल रहेका छन् । त्यसैगरि मायादेवी गाउँपालिका ५ का भगवानदाश कुर्मी, सोनु मल्लाह, समिर धुनिया र घनश्याम यादवलाई पनि जुवा खेलिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका जुवाडेहरुबाट प्रहरीले नगद १ लाख ६८ हजार ९०५ रुपैयाँ, बिभिन्न कम्पनीका मोबाईल १० थान, ट गड्डी तास र जुवा खेल्न प्रयोग गरेको प्लाष्टिकको बोरा १ थान बरामद गरीएको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी सत्यनारायण थापाले जानकारी दिए । पक्राउ परेकाहरुलाई जुवा ऐन अनुसार अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  ११ : ०१ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय