२७ चैत्र २०८२, शुक्रबार | April 10, 2026

देउवाले विश्वासको मत हासिल नगरे चुनावमा जानपर्ने हुनसक्छ : महामन्त्री कोइराला



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले फेरि पनि प्रतिनिधिसभा विघटन हुने र समय अगावै चुनावमा जानपर्ने अवस्था आउने बताएका छन् ।

पार्टी सभापति शेरबहादु देउवालाई प्रधानमन्त्री बन्दै गरेकोमा बधाई दिन बुढानिलकण्ठ पुगेका महामन्त्री कोइरालाले संचारकर्मीहरुसँग कुरा गर्दै फेरि चुनावमा जानुपर्ने अवस्था आउनसक्ने बताएका हुन् ।

कोइरालाले देउवा प्रधानमन्त्रीमा नियुक्त भएपछि विश्वासको मत प्राप्त गर्नसक्ने अवस्था नरहे चुनावमा जानुको विकल्प नरहने बताए । उनले भने, ‘अरू आएनन् भने त विश्वासको मत प्राप्त गर्न सकिँदैन। चुनावमै जानुपर्ने हुन्छ ।’

देउवाले विश्वासको मत हासिल गर्न एमालेको माधवकुमार नेपाल पक्षका कम्तिमा १५ सांसदको समर्थन आवश्यक पर्छ । देउवाले प्रधानमन्त्रीमा दाबी पेश गर्दा नेपाल पक्षका २६ जना सांसदले हस्ताक्षर गरेका थिए । सर्वोच्च अदालतमा नेपाल पक्षका २३ जना सांसदको हस्ताक्षर रहेको थियो ।

महामन्त्री कोइरालाले सबैलाई मिलाएर सानो संख्यामा मन्त्रिपरिषद् गठन गर्नुपर्ने बताए । उनले चुनावमा जाने अवस्था आएमा कांग्रेसले जित्ने गरी त्यसको तयारी गर्नुपर्ने बताए ।

कोइरालाले कांग्रेस महाधिवेशन निर्धारित समयमा नै हुने बताए । कांग्रेसले भदौ १६ देखि १९ सम्म महाधिवेशन गर्ने कार्यक्रम सार्वजनिक गरिसकेको छ ।

प्रकाशित मिति : २९ असार २०७८, मंगलबार  १० : ५७ बजे

चार महिनापछि खुल्यो लहान नगरपालिकाको बैंक खाता

सिरहा । विगत चार महिनादेखि रोक्का रहेको लहान नगरपालिकाको बैंक

पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा धमाधम काम

गण्डकी । आगामी असारसम्ममा निर्माण सक्ने लक्ष्यसहित पोखरा-मुग्लिन सडकको पश्चिम

वनमा आगो लगाएको कसुरमा अदालतमा मुद्दा दायर

नुवाकोट । सामुदायिक वनमा आगो लगाएको अभियोगमा डिभिजन वन कार्यालयले

बिस्का : नौ दिन आठ रात जात्रा

भादगाउँ । भक्तपुरको सांस्कृतिक एवं ऐतिहासिक महत्व बोकेको प्रसिद्ध बिस्का

राष्ट्रपति पौडेलद्वारा आज सङ्घीय संसद्को संयुक्त बैठक सम्बोधन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्का दुवै सदनको