२० चैत्र २०८२, शुक्रबार | April 3, 2026

महान्यायाधिवक्ता रमेश बडालद्वारा पदबाट राजीनामा



काठमाडौं । महान्यायाधिवक्ता रमेश बडालले पदबाट राजीनामा दिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गरेका महान्यायाधिवक्ता बडालले आज राजीनामा दिएका हुन् ।

सर्वोच्च अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपतिका नाममा परमादेश जारी गरेपछि बडालले राजीनामा दिएका हुन् । बडालले प्रधानमन्त्रीमार्फत राष्ट्रपतिसमक्ष राजीनामा बुझाएका छन् ।

आजै अपरान्ह महान्यायाधिवक्ता कार्यालयमा बडालको बिदाई कार्यक्रम राखिएको छ ।

सरकार परिवर्तनसँगै महान्यायाधिवक्ताले पनि राजीनामा दिने प्रचलन रहँदै आएको छ । यसअघि पहिलो पटक प्रतिनिधिसभा विघटन गर्दा सरकारको राम्रो बचाउ नगरेको भन्दै आलोचना भएपछि अग्नि खरेलले महान्यायाधिवक्ताबाट राजीनामा दिएका थिए । त्यसपछि प्रधानमन्त्री ओलीले बडाललाई नियुक्त गरेका थिए ।

बडालले प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा संवैधानिक इजलास गठनप्रति आपत्ति जनाउँदै इजलासका न्यायाधीसहरुमाथि नै टिप्पणी गरेका थिए । संवैधानिक इजलासले सोमबार गरेको फैसलामा बडाल र सरकारी पक्षका वकिलहरुको अभिव्यक्तिबारे टिप्पणी गर्दै असन्तुष्टि जनाएको छ ।

फैसलामा लेखिएको छ, अदालतले भनेको छ, ‘विषयको संवेदनशीलतालाई हेरी दोस्रो पटक इजलास गठन भएपछि रिट निवेदन उपर प्रारम्भिक सुनुवाइ पनि नहुँदै प्रत्यर्थी नेपाल सरकार सम्बद्ध निकाय र पदाधिकारीहरूको तर्फबाट सरोकार रहेको भनी प्रतिनिधित्व र प्रतिरक्षा गर्न उपस्थित हुन आउनुभएका विद्वान महान्याधिवक्तालगायतका सरकारी वकिलहरूसहितका कानुन व्यवसायीहरूबाट जे जो भाषा, शैली, तर्क र विषयवस्तु प्रस्तुत हुन आए, त्यसलाई स्वाभाविक, तार्किक र ग्रहणयोग्य मान्न सकिएन ।’

 

प्रकाशित मिति : २९ असार २०७८, मंगलबार  १२ : ४६ बजे

यूएईको अबुधाबीमा क्षेप्यास्त्रका भग्नावशेष खस्दा सात नेपाली घाइते

काठमाडौं । संयुक्त अरब इमिरेट्स यूएईको राजधानी अबुधाबीमा क्षेप्यास्त्रका भग्नावशेष

नापी कार्यालय भैरहवाबाट दुई जना विचौलिया पक्राउ

भैरहवा । नापी कार्यालय भैरहवा परिसरबाट प्रहरीले दुई जना विचौलियालाई

दोस्रो सौभाग्य कपमा विजयी हुदै सम्पूर्ण क्लब क्वाटरफाईनलमा प्रवेश

बुटवल । सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य गोल्डकप २०८२

प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान विज्ञमा दिपा दाहाल नियुक्त

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको प्रेस तथा अनुसन्धान विज्ञ पदमा

भाडा समायोजनका लागि यातायात व्यवसायीको माग, समायोजन नभए स्वघोषणा गर्ने चेतावनी

काठमाडौँ । हरेक पटक पेट्रोलियम पदार्थको मूल्यबृद्धि हुँदा भाडा समायोजनको