१९ असार २०८३, शुक्रबार | July 3, 2026

प्रधानमन्त्री देउवा र मन्त्रीहरूले लिए पद तथा गोपनीयताको सपथ



काठमाडौं । संविधानको धारा ७६ को उपधारा ५ अनुसार सर्वोच्च अदालतको परमादेशसँगै प्रधानमन्त्रीमा नियुक्त बनेका शेरबहादुर देउवाले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।

राष्ट्रपति भवन शितल निवासमा मंगलबार साँझ आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई पद तथा गोपनीयताको सपथ दिलाएकी छिन् ।

प्रधानमन्त्री देउवासँगै नवनियुक्त चार जना मन्त्रीले पनि सपथ लिएका छन् । गृहमन्त्रीमा बालकृष्ण खाँड, अर्थमन्त्रीमा जनार्दन शर्मा, उर्जामन्त्रीमा पम्फा भुसाल र कानून मन्त्रीमा ज्ञानेन्द्र कार्कीले सपथ लिएका हुन् । देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेपछि पहिलो चरणमा चारमन्त्रीसहित पाँच सदस्यीय मन्त्रिपरिषद् गठन गरेका हुन् ।

सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख अग्निप्रसाद सापकोटा, प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबरा, राष्ट्रिष्य सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायतको उपस्थिति रहेको थियो । तर निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित भए ।

साँझ ६ बजे भनिए पनि राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्दा संविधानको धारा उल्लेख नगरी विज्ञप्ति जारी गरेपछि देउवाले आपत्ति जनाएपछि सपथ कार्यक्रम ढिला भएको छ । देउवाले मुख्यसचिव शंकरदास बैरागीलाई घरमै बोलाएर विज्ञप्ति नसच्चिएसम्म सपथ नलिने बताएका थिए ।

सर्वोच्च अदालतको परमादेशपछि राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई संविधानको कुनै धारा उल्लेख नगरी मंगलबार दिउँसो मात्र प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन ।

प्रधानमन्त्री नियुक्त गर्दा संविधानको धारा उल्लेख नगरिनु त्रुटिपूर्ण भएको र यसमा राष्ट्रपतिको नियत लुकेको भन्दै कतिपय कानूनविद्हरुले पनि आपत्ति जनाएका थिए ।

प्रकाशित मिति : २९ असार २०७८, मंगलबार  ८ : २६ बजे

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स ९एआई०

प्रमुख निर्वाचन आयुक्तमा सर्वोच्चका रजिष्ट्रार कार्की सिफारिस

काठमाडौं । संवैधानिक परिषद्ले प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्की

राष्ट्रिय वाणिज्य बैंकद्वारा अनलाइन कर्जा आवेदन सेवाको सुरुवात

काठमाडौ । नेपाल सरकार मन्त्रिपरिषद्ले हालै सार्वजनिक गरेको सुशासन र

डेरी क्षेत्रको दीर्घकालीन विकासका लागि पाँचवर्षीय रणनीतिक योजना बनाइने

बुटवल । नेपाल डेरी एसोसिएसनले डेरी क्षेत्रको दीर्घकालीन विकासका लागि