२७ चैत्र २०८२, शुक्रबार | April 10, 2026

राष्ट्रपतिको विज्ञप्ति नसच्चिएसम्म सपथ नलिने देउवाको अडान



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको कुनै धारा उल्लेख नगरी शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेको विषय विवादित बनेको छ ।

प्रधानमन्त्री देउवाले राष्ट्रपतिको विज्ञप्ति नसच्चिएसम्म सपथ ग्रहण हुन नसक्ने स्पष्ट पारेका छन् ।

देउवाले मुख्यसचिव शंकरदास वैरागीलाई आफ्नै निवास बुढानिलकण्ठमा बोलाएर विज्ञप्ति नसच्चिएसम्म सपथ नहुने जानकारी गराएका छन् ।

देउवाले संविधानको धारा उल्लेख नगरी विज्ञप्ति जारी गरेकोमा देउवाले आपत्ति जनाएका छन् ।

सर्वोच्च अदालतको परमादेशपछि राष्ट्रपति भण्डारीले देउवालाई संविधानको कुनै धारा उल्लेख नगरी मंगलबार दिउँसो मात्र प्रधानमन्त्रीमा नियुक्त गरेककी थिइन ।

देउवा संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्री बनेका हुन् ।

प्रधानमन्त्री नियुक्त गर्दा संविधानको धारा उल्लेख नगरिनु त्रुटिपूर्ण भएको र यसमा राष्ट्रपतिको नियत लुकेको भन्दै कतिपय कानूनविद्हरुले आपत्ति जनाएका थिए ।

प्रकाशित मिति : २९ असार २०७८, मंगलबार  ६ : ४९ बजे

वनमा आगो लगाएको कसुरमा अदालतमा मुद्दा दायर

नुवाकोट । सामुदायिक वनमा आगो लगाएको अभियोगमा डिभिजन वन कार्यालयले

बिस्का : नौ दिन आठ रात जात्रा

भादगाउँ । भक्तपुरको सांस्कृतिक एवं ऐतिहासिक महत्व बोकेको प्रसिद्ध बिस्का

राष्ट्रपति पौडेलद्वारा आज सङ्घीय संसद्को संयुक्त बैठक सम्बोधन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्का दुवै सदनको

पहाडी तथा हिमाली भू-भागमा वर्षा र हिमपातको सम्भावना, तराईमा हावाहुरीको चेतावनी

काठमाडौं । देशका पहाडी तथा हिमाली भूभागमा वर्षा र हिमपातको

पेट्रोलियम पदार्थको मूल्यमा भारी बृद्धि, खाना पकाउने ग्यासको मूल्य २०१०

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्यमा पुनः भारी वृद्धि भएको छ