१९ बैशाख २०८१, बुधबार | May 1, 2024

डिशहोमको ‘खुशीको कनेक्सन’ अभियानको भिडियो सार्वजनिक



काठमाडौ । डिसहोमले आफ्नो ‘खुशीको कनेक्सन’ अभियान अन्तर्गतको पूर्ण भिडियो सार्वजनिक गरेको छ ।

डिसहोम र खुुसीलाई एक अर्काको पर्याय बनाउँदै विकास गरिएको यस योजनामा भर्खरै विवाह भएर नयाँ घर प्रवेश गरेकी एक दुलहीको मनोदशा, नयाँ सम्बन्धको संकोच र नयाँ वातावरणको असहजताका देखाइएको छ । यी सबैका बीच अवस्था सामान्य, सम्बन्धमा मिठास र वातावरण मनोरम बनाउन उक्त घरमा डिसहोमको भूमिकाका बारेमा चित्रण गरिएको छ ।

आफ्नो माइतीघरमा जस्तै कर्मघरमा पनि डिसहोमको छाता देखि नव दुलही केही हदसम्म प्रसन्न हुन्छिन् । नयाँ ठाउँमा उनका लागि त्यो क्षण तत्काल खुशीको कनेक्सनमा परिवर्तित हुन्छ ।

लोकप्रिय गायक अमित बरालको ‘म तिम्रै हुँ’, गीतमा लयबद्घ यस अभियानमा नयाँ परिवेशमा नवविवाहित जोडीबीच डिशहोम संगै कसरी सहजता र आत्मीयता बढ्दै जान्छ भनी प्रस्तुत गरिएको छ । नौ वटा स–साना भागहरुलाई एउटै भिडियोमा समायोजन गरिएको यस योजनामा डिसहोमका आश्चर्यजनक विशेषताहरु जस्तै QHD पिक्चर क्वालिटी, PPV , PVR , X VOD , डिशहोम GO APP / Web, विशेष सामग्रीहरु र ग्राहक सेवासंग लिंक गरिएका छन् ।

डिशहोमका लागी विज्ञापन एजेन्सी मार्सले यस अभियानको अवधारणा तयार गरेको हो । उच्च प्रविधीका साथ तयार गरिएको यो व्यवसायिक योजना मनोरन्जनात्मक रहेको छ । स्लीक शटहरु, क्यामेराको चाल र सुमधुर संगीतले यो अभियानलाई गहकिलो बनाएको छ ।
यस ब्रान्ड अभियानको प्रसारण दुवै डिजिटल तथा परम्परागत प्लेटफर्महरुमा गरिनेछ ।

 

प्रकाशित मिति : २९ असार २०७८, मंगलबार  ७ : १३ बजे

लुम्बिनी प्रदेशमा पहिलो पटक राइड शेयरिङ एप ‘इ-ड्राइभ नेपाल’ को सेवा शुभारम्भ

बुटवल । लुम्बिनी प्रदेशमा पहिलो पटक राइड शेयरिङ एप ‘इ-ड्राइभ

पाल्पामा जबरजस्ती करणी गरेको अभियोगमा ७५ वर्षीय वृद्ध पक्राउ

पाल्पा । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रम्भा

बेलायतमा नेपाली कन्सर्ट हुँदै

काठमाडौं । मानवसेवा आश्रम सहयोगार्थ लोकप्रिय गायिका तथा समाजसेवी आनी

साउन १ देखि पशुपतिको विद्युतीय शवदाह गृह निःशुल्क

काठमाडौं । पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह आगामी साउन १ गतेदेखि

गर्मी बढे सँगै मधेशको विद्यालयको पठनपाठन प्रभावित

राैतहट । चालिस डिग्रीभन्दा बढी तापक्रम हुन थालेपछि मधेशको जनजीवन