५ असार २०८३, शुक्रबार | June 19, 2026

डिशहोमको ‘खुशीको कनेक्सन’ अभियानको भिडियो सार्वजनिक



काठमाडौ । डिसहोमले आफ्नो ‘खुशीको कनेक्सन’ अभियान अन्तर्गतको पूर्ण भिडियो सार्वजनिक गरेको छ ।

डिसहोम र खुुसीलाई एक अर्काको पर्याय बनाउँदै विकास गरिएको यस योजनामा भर्खरै विवाह भएर नयाँ घर प्रवेश गरेकी एक दुलहीको मनोदशा, नयाँ सम्बन्धको संकोच र नयाँ वातावरणको असहजताका देखाइएको छ । यी सबैका बीच अवस्था सामान्य, सम्बन्धमा मिठास र वातावरण मनोरम बनाउन उक्त घरमा डिसहोमको भूमिकाका बारेमा चित्रण गरिएको छ ।

आफ्नो माइतीघरमा जस्तै कर्मघरमा पनि डिसहोमको छाता देखि नव दुलही केही हदसम्म प्रसन्न हुन्छिन् । नयाँ ठाउँमा उनका लागि त्यो क्षण तत्काल खुशीको कनेक्सनमा परिवर्तित हुन्छ ।

लोकप्रिय गायक अमित बरालको ‘म तिम्रै हुँ’, गीतमा लयबद्घ यस अभियानमा नयाँ परिवेशमा नवविवाहित जोडीबीच डिशहोम संगै कसरी सहजता र आत्मीयता बढ्दै जान्छ भनी प्रस्तुत गरिएको छ । नौ वटा स–साना भागहरुलाई एउटै भिडियोमा समायोजन गरिएको यस योजनामा डिसहोमका आश्चर्यजनक विशेषताहरु जस्तै QHD पिक्चर क्वालिटी, PPV , PVR , X VOD , डिशहोम GO APP / Web, विशेष सामग्रीहरु र ग्राहक सेवासंग लिंक गरिएका छन् ।

डिशहोमका लागी विज्ञापन एजेन्सी मार्सले यस अभियानको अवधारणा तयार गरेको हो । उच्च प्रविधीका साथ तयार गरिएको यो व्यवसायिक योजना मनोरन्जनात्मक रहेको छ । स्लीक शटहरु, क्यामेराको चाल र सुमधुर संगीतले यो अभियानलाई गहकिलो बनाएको छ ।
यस ब्रान्ड अभियानको प्रसारण दुवै डिजिटल तथा परम्परागत प्लेटफर्महरुमा गरिनेछ ।

 

प्रकाशित मिति : २९ असार २०७८, मंगलबार  ७ : १३ बजे

देशका केही भू-भागमा वर्षा, तराईमा तातो हावा र अत्यधिक गर्मीको चेतावनी

काठमाडौं । देशका विभिन्न भूभागमा आज वर्षाको सम्भावना रहे पनि

मान्जाम्बी चम्किँदा स्विट्जरल्यान्डको शानदार जित, बोस्निया ४-१ ले पराजित

काठमाडौं । जोहान मान्जाम्बीको उत्कृष्ट प्रदर्शन र अन्तिम समयमा भएको

उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद

महोत्तरी । अब महोत्तरीको बर्दिबास नगर क्षेत्रका २० वर्ष उमेर

नेपालगन्जमा दुई चिकित्सकसहित पाँच पक्राउ

नेपालगन्ज । यातायात व्यवस्था कार्यालय नेपालगन्जबाट प्रहरीले बिहीबार दुई चिकित्सकसहित

डेभिडको ह्याट्रिकमा क्यानडाले कतारलाई ६ गोलको वर्षा गर्‍यो

काठमाडौं । फिफा विश्वकपअन्तर्गत समूह ‘बी’ को दोस्रो खेलमा क्यानडाले