२० चैत्र २०८२, शुक्रबार | April 3, 2026

सपथ ग्रहणका लागि देउवा शीतल निवास पुगे



काठमाडौं । सर्वोच्च अदालतको परमादेशमा संविधानको ७६(५) बमोजिमको प्रधानमन्त्री नियुक्त भएका शेरबहादुर देउवा शपथका लागि शीतलनिवास पुगेका छन् ।

राष्ट्रपति जारी गरेको विज्ञप्ति नसच्चिएसम्म सपथ नलिने अडान लिएका देउवा संविधानको धारा ७६ को (५) अनुसार नियुक्त गर्ने नयाँ पत्र आउने प्रतिवद्धता पाएपछि देउवा शपथका लागि शीतलनिवास पुगेका हुन् ।

यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्त गर्दै जारी गरेको विज्ञप्तिमा सर्वोचचको परमादेश अनुसार नियुक्त गरिएको भन्ने वाक्यप्रति देउवाले आपत्ति जनाएका थिए ।

आफू नेपाली काँग्रेसको संसदीय दलको नेताको रुपमा प्रधानमन्त्री नभएको र धारा ७६ (५) अनुसार नियुक्त हुनुपर्ने भन्दै देउवाले असहमति जनाएका थिए । देउवाले शीतलनिवासमै गठबन्धनका नेताहरूसँग छलफल गरेका छन् ।

​साँझ ६ बजे शपथग्रहणको कार्यक्रम राखिए पनि विज्ञप्तिबारे विवाद भएपछि ढिला गरेर शपथग्रहण हुन लागेको हो । शीतलनिवासमा सपथ ग्रहण समारोहमा भाग लिन पूर्वप्रधानमन्त्रीहरू, कांग्रेस र माओवादीका नेताहरू उपस्थित भएका छन् ।

देउवाले आजै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी गरेका छन् । अहिलेसम्ममा काँग्रेसबाट बालकृष्ण खाँण र माओवादी केन्द्रबाट जनार्दन शर्मा र पम्फा भुसाल मन्त्री बन्ने भएका छन् ।

प्रकाशित मिति : २९ असार २०७८, मंगलबार  ७ : २४ बजे

यूएईको अबुधाबीमा क्षेप्यास्त्रका भग्नावशेष खस्दा सात नेपाली घाइते

काठमाडौं । संयुक्त अरब इमिरेट्स यूएईको राजधानी अबुधाबीमा क्षेप्यास्त्रका भग्नावशेष

नापी कार्यालय भैरहवाबाट दुई जना विचौलिया पक्राउ

भैरहवा । नापी कार्यालय भैरहवा परिसरबाट प्रहरीले दुई जना विचौलियालाई

दोस्रो सौभाग्य कपमा विजयी हुदै सम्पूर्ण क्लब क्वाटरफाईनलमा प्रवेश

बुटवल । सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य गोल्डकप २०८२

प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान विज्ञमा दिपा दाहाल नियुक्त

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको प्रेस तथा अनुसन्धान विज्ञ पदमा

भाडा समायोजनका लागि यातायात व्यवसायीको माग, समायोजन नभए स्वघोषणा गर्ने चेतावनी

काठमाडौँ । हरेक पटक पेट्रोलियम पदार्थको मूल्यबृद्धि हुँदा भाडा समायोजनको