२४ बैशाख २०८३, बिहिबार | May 8, 2026

अनलाइन कक्षाले बालबालिका तनावमा



काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरकी राधिका महर्जनकी १ कक्षामा अध्ययनरत ७ वर्षीया छोरीलाई अनलाइन कक्षाप्रति रुचि छैन ।

राधिकाले आफ्नी छोरीले अनलाइन कक्षा लिन नमान्ने गरेको बताउँदै भनिन्, ‘विद्यालय जाँदा जहिले खुशी भएर जान्थी । अनलाइन कक्षामा बस्नै मान्दिनन् ।’

अनलाइन कक्षामा धेरै सिक्न नसकेको गुनासो आम अभिभावकको छ । बालमनोविज्ञ गंगा पाठकले शुरूमा अनलाइन कक्षाले बालबालिकालाई कोरोना महामारीको जोखिम र तनावबाट मुक्ति दिए पनि अनलाइन कक्षाको भार बढ्दै गएपछि पुनः तनावको स्थिति सिर्जना हुन थालेको बताइन् ।

उनका अनुसार चञ्चले स्वभावका कारण बालबालिका लामो समयसम्म एकै स्थानमा बस्न सक्दैनन् । पढाइका लागि अधिकांश समय एक्लै बस्नुपर्ने हँुदा उनीहरूले दबाब अनुभव गर्ने गरेको विज्ञहरूको भनाइ छ । उनले बालबालिकामा रुने, खान मन नगर्ने, डराएको जस्तो गर्ने, टोलाउनेजस्ता समस्या देखिएमा चिकित्सककहाँ लैजान सुझाव दिइन् ।

‘बालबालिकाका लागि दौड, साइक्लिङ, नाचगानजस्ता व्यायाम आवश्यक हुन्छन्,’ उनले भनिन्, ‘यस्ता व्यायामले एन्डोर्फिन हार्मोन बढाउन मद्दत गर्छ । एन्डोर्फिन हार्मोनले मस्तिष्क दुःखाइ र तनावको तह कम गर्छ ।’

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक तथा मानसिक रोग विशेषज्ञ डा। रवि शाक्यले बालबालिका, किशोरकिशोरी, वयस्क वा वृद्धवृद्धा जुनसुकै उमेर समूहका व्यक्तिमा तनाव हुने र दैनिक क्रियाकलापमा असहज महसूस हुँदा हुने दबाबले तनाव उत्पन्न हुने बताए ।

उनले अभिभावकले बालबालिकालाई प्रत्येक व्यक्ति आफ्नो स्थानमा विशिष्ट हुन्छ भन्ने सिकाउनु जरुरी रहेको बताउँदै उत्कृष्ट नतिजाका लागि प्रतिस्पर्धा गर्नुपर्छ भन्ने सिकाउनुपर्ने बताए ।

विश्व स्वास्थ्य संगठनले हालै प्रकाशित गरेको सर्वेक्षणअनुसार पछिल्लो समय विश्वभर मानसिक समस्या निकै बढेको पाइएको छ । सर्वेक्षणअनुसार मानसिक समस्या भोगिरहेकामध्ये करीब ७२ प्रतिशत बालबालिका र किशोरकिशोरी छन् । आजको गोरखापत्र दैनिकमा खबर छ ।

प्रकाशित मिति : ३० असार २०७८, बुधबार  ७ : २३ बजे

युवकको हत्या आरोपमा सुदूरपश्चिमका तीन युवा पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँको कीर्तिपुर नगरपालिका–१० पोडेटोलस्थित चिया सागर नजिक

बाढीमा फसेका यात्रु उद्धार गर्ने सशस्त्र प्रहरी टोलीको सम्मान

काभ्रेपलाञ्चोक । गत सोमबारको वर्षापछि रोशी खोलामा आएको बाढीका कारण

खानेपानीमा कर छुटको कानुनी व्यवस्था गर्न माग

काठमाडौं । खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घ, नेपालले खानेपानी तथा

पोखरा स्पोर्ट्स अवार्ड : मनोनयनमा परेका १२ खेलाडीको नाम सार्वजनिक

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले यही वैशाख ३१

मूल्य वृद्धिसँगै निर्माण क्षेत्र प्रभावित हुँदा इन्धनको खपत घट्दै

वीरगन्ज । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएसँगै निर्माण क्षेत्र प्रभावित