९ श्रावण २०८३, शनिबार | July 25, 2026

अरनिको राजमार्गको कोदारी खण्ड सुचारु



सिन्धुपाल्चोक । बाढीपहिरोले चार सातादेखि अवरुद्ध अरनिको राजमार्गअन्तर्गत कोदारी खण्डमा मङ्गलबार बेलुकादेखि सवारीसाधन सञ्चालनमा आएको छ ।

चीनसँगको प्रमुख व्यापारिक नाकाको रूपमा रहेको सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाअन्तर्गत तातोपानीको कोदारीमा असार ५ गते भाटेकोशी बाढीले कटान तथा पहिराले ५० मिटर सडकमा क्षति पुगेको थियो ।

अवरुद्ध सडकलाई अस्थायी ट्र्याक निर्माण गरी सवारीसाधन सञ्चालनमा आएको डिभिजन सडक कार्यालय दोलखाका इञ्जिनीयर गोविन्द डुमरीले जानकारी दिए । यद्यापि लिपिङ पुलको अवद्ध सडक खुलाउन भने अझै समय लाग्ने भएको छ । असार २ गतेको अविरल वर्षाले सीमा पुल नजिकैपर्ने लिपिङ पुल छेउको करीब १५ मिटर सडक भासिएकाले त्यहाँ आजैदेखि काम शुरु गरी १० दिनभित्र यातायात सञ्चालनमा ल्याउने लक्ष्य रहेको इञ्जिनीयर डुमरीले बताए ।

उक्त पुललाई तलबाट भोटेकोशी र माथिबाट ठाडो खोलाले कटान गरेकाले तत्काल रोकथाम नगरे ठूलो समस्या उत्पन्न हुने सम्भावना देखिएको छ ।

कोदारीबाट एक किलोमिटरमाथि रहेको सो ठाउँमा अब निर्माण सामग्री र मेसिनरी साधन लान सहज भएको हुँदा तीव्रताका साथ कामलाई अघि बढाइने सडक डिभिजन कार्यालयले जनाएको छ ।

दुई ठाउँको सडक अवरुद्धले चीनबाट आयात भएका सामान लामो समयदेखि बाटोमै रोकिएको हुँदा राजश्वमासमेत असर परेको तातोपानी भन्सार कार्यालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : ३० असार २०७८, बुधबार  १२ : ०४ बजे

रसुवाको भोटेकोसीमा गाडीसहित चालक बेपत्ता

काठमाडौँ । चीनबाट आयात भएको एसआरएम कम्पनीबाट निर्मित विद्युतीय इभी

प्राधिकरणद्वारा मूल्य अभिवृद्धि करबारे आन्तरिक राजस्व कार्यालयसँग राय माग

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आर्थिक ऐन, २०८३ अनुसार असार

रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च

बुटवल । रूपन्देहीमा सङ्गठित तथा आर्थिक अपराध एवं घरेलु हिंसाका

क्यान्सर अस्पतालको फार्मेसी सेवा विस्तार

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

काठमाडौंको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला

काठमाडौं । तारकेश्वर नगरपालिका–१ चुनदेवीमा कारभित्र जलेको अवस्थामा एक महिलाको