१६ बैशाख २०८१, आइतबार | April 28, 2024

निर्वाचन आयोगबाट प्रतिनिधिसभा सदस्य निर्वाचनको कार्यतालिका रद्द



काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधिन अवस्थामा रहेकै अवस्थामा निर्वाचन तालिका घोषणा गरेर निर्वाचनको तयारीमा लागेको निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन तालिका रद्द गरेको छ । सर्वोच्च अदालतबाट प्रतिनिनिधिसभा विघटनको निर्णयलाई खारेज गरिदिएपछि आयोगले तालिका रद्द गरेको हो । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बुधबार विज्ञप्ति प्रकाशित गर्दै सर्वोच्चको फैसलाअनुसार निर्वाचन कार्यतालिका रद्द गरिएको जनाएका छन् ।

‘सम्मानित सर्वोच्च अदालतबाट मिति असार २८ मा भएको आदेश बमोजिम कात्तिक २६ गते शुक्रबारका दिन पहिलो चरणमा र मंसिर ३ गते शुक्रबारका दिन दोस्रो चरणमा सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचन, २०७८ को लागि आयोगबाट असार २१ मा स्वीकृत भएको निर्वाचन कार्यतालिका रद्द गर्ने निर्णय भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

यसअघि तत्कालीन प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपतिबाट प्रतिनिधिसभा भंग गर्दै कात्तिक २६ गते शुक्रबारका दिन पहिलो चरणमा र मंसिर ३ गते शुक्रबारका दिन दोस्रो चरणमा चुनाव गर्नका लागि आयोगले कार्यतालिका सार्वजनिक गरेको थियो ।

प्रकाशित मिति : ३० असार २०७८, बुधबार  ४ : ४९ बजे

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत र बङ्गलादेशका

प्रधानमन्त्रीको दाबी – ९८ प्रतिशत जनसंख्यामा विद्युतको पहुँच पुगिसक्यो

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ९८ प्रतिशत जनसंख्या विद्युतको पहुँच

बझाङमा दोब्बर मतले एमालेको अग्रता कायमै

चैनपुर । बझाङ प्रदेशसभा १ मा प्रदेशसभा सदस्यका लागि भएको

नाइजेरियामा दादुराका कारण १९ बालबालिकाको मृत्यु

अबुजा । नाइजेरियाको उत्तरपूर्वी राज्य अदामावामा दादुरा सङ्क्रमणबाट हालसम्म कम्तीमा

नेपाल वेस्ट इन्डिज ए सँग १० रनले पराजित

काठमाडौं। वेस्ट इन्डिज ए ले नेपाललाई पराजित गरेको छ ।