१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

सरकारबाट अध्यादेश जारी भयो भनिएको अध्यादेशको सूचना प्रदेश प्रमुख कार्यालयबाट सार्वजानिक भएन



बुटवल । लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले आज बिहानै अध्यादेश मार्फत बजेट कार्यान्वयनमा आएको बताएपनि मध्यान्ह सम्म पनि लुम्बिनी प्रदेश प्रमुखको वेवसाईटमा अध्यादेशबारे सूचना पोष्ट नभएपछि अध्यादेश जारी भएको सम्बन्धमा आशंका उत्पन्न भएको छ ।

प्रदेश सरकारका आर्थिक मामिला मन्त्री चौधरीले बिहान ९ बजे अगाडि अध्यादेश जारी भईसकेको र आज प्रदेशका सबै प्रदेश स्तरिय कार्यालयहरुमा अध्यादेश बमोजिम कर उठाउने काम शुरु हुने बताएपनि प्रदेश प्रमुखको आधिकारीक वेवसाईटमा अध्यादेशको सूचना यो समाचार तयार पार्दा सम्म पोष्ट भएको छैन ।

अध्यादेशको आधकिारिकताका सम्बन्धमा प्रश्न गर्दा मन्त्री चोधरीले प्रदेश प्रमुखको कार्यालयको प्रिण्टमा केही समस्या आएको र राती देखि नै अध्यादेशको काम भईरहेकाले ढिलो भएको बताएका छन् । मध्यराती नै प्रदेशसभाको अधिवेशन अन्त्य भएको सूचना वेवसाइटमा पोष्ट गरेको प्रदेश प्रमुखको कार्यालयले अहिले सम्म अध्यादेश सम्बन्धि सूचना पोष्ट नगर्नुलाई रहस्यमयरुपमा हेरिएको छ । अध्यादेश सम्बन्धमा बुझ्न प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चिरन्जिवी पौडेललाई फोन गर्दा उनले माेबाईल काटे ।

बजेटको जियमित प्रक्रिया अनुसार सबै प्रक्रिया पुरा गरि मतदानमा जानु अघि बैठक छाडेर निस्केका मुख्यमन्त्री शंकर पोखरेल सहित उनका मन्त्रीहरुले राती नै बैठक बसेर संसद अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखलाई अनुरोध गरेका थिए ।

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  १ : ०८ बजे

वर्ल्डलिंकद्वारा ११ लाख एफटिटिएच ग्राहकको ऐतिहासिक उपलब्धि

काठमाडौं । नेपालको अग्रणी इन्टरनेट तथा डिजिटल सेवा प्रदायक वर्ल्डलिंक

राष्ट्रपतिद्वारा प्रमुख निर्वाचन आयुक्त र आयुक्त नियुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्को सिफारिसमा प्रमुख निर्वाचन

गृहमन्त्री गुरुङ सुनसरी जाँदै

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ आज सुनसरी जाने भएका छन्

प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रका नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले बिहीबार साँझ राष्ट्रका नाममा सम्बोधन

आपसी सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपतिको अपिल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगञ्ज गाउँपालिका–कप्तानगञ्जलगायत क्षेत्रमा हालै