१० कार्तिक २०८३, मंगलबार | October 27, 2026

महामारीमा पनि शक्ति र अर्थमै ध्यान, स्वास्थ्यलाई उपेक्षा



काठमाडौं । कोरोना महामारीसँग जुधिरहेका आमनागरिकले नयाँ सरकार पाए पनि उनीहरूको स्वास्थ्य सुरक्षासँग जुध्ने र नागरिकलाई स्वास्थ्य सुरक्षा प्रदान गर्ने महत्वपूर्ण भूमिकामा रहने स्वास्थ्यमन्त्री भने पाउन सकेका छैनन् ।

गृह, अर्थ, ऊर्जालगायतका मन्त्रालयलाई उच्च प्राथमिकतामा राखेको वर्तमान सरकारले कोरोना महामारीको समयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई बेवास्ता गरेको छ । स्वास्थ्यमन्त्रीको अभावमा कोरोना महामारीसँग जुध्न सरकार आफैलाई कठिन पर्छ तर पनि शेरबहादुर देउवा नेतृत्वको सरकारले यसतर्फ खासै ध्यान दिन सकेको छैन ।

कोरोना महामारीले आमसर्वसाधारण आक्रान्त छन् । कोरोना संक्रमण महामारीको जोखिम यथावत् रहेको बेला सर्वोच्च अदालतको परमादेशबाट गठन भएको यो सरकारको प्राथमिकतामा स्वास्थ्य मन्त्रालय पर्न सकेको छैन ।

गत २९ असारमा प्रधानमन्त्रीमा देउवा नियुक्त भए पनि उनले स्वास्थ्य मन्त्रालयलाई उच्च प्राथमिकतामा राखेनन् । कोरोना महामारीमा सबैभन्दा बढी जिम्मेवारी स्वास्थ्य मन्त्रालय र मन्त्रीको हुन्छ तर प्रधानमन्त्रीले त्यसतर्फ ध्यान दिएनन् बरु पावर सेन्टर मानिएको र अर्थको चाँजोपाजो मिलाउने भूमिकामा रहेका मन्त्रालयमा सुरुकै दिनमा मन्त्री बनाइएको छ । गृह मन्त्रालयलाई शक्ति र अर्थ मन्त्रालयलाई पैसाको चलखेल गर्ने मन्त्रालयका रूपमा लिइँदै आइएको छ ।

‘नयाँ सरकार गठन भएको चार दिन बितिसक्दासमेत कोरोना महामारीविरुद्ध जुध्ने स्वास्थ्यमन्त्री आउन सकेका छैनन्, यसमा सरकारको जिम्मेवारीबोध अलि देखिएन ।’ नागरिकस्तरबाट यस्तै गुनासा आइरहेका छन् । नेपाल चिकित्सक संघका अध्यक्ष डा। लोचन कार्कीले सरकारले स्वास्थ्य मन्त्री र स्वास्थ्यतर्फको सचिव नियुक्ति गर्ने कार्यलाई गम्भीरतापूर्वक लिनुपर्ने बताए । उनले भने, ‘कोरोना महामारीको बेलामा स्वास्थ्य मन्त्रालय सरकारको प्राथमितामा पर्नुपर्छ । त्यसैले सरकारले स्वास्थ्यमन्त्री र स्वास्थ्य सेवातर्फको सचिव नियुक्ति यथाशीघ्र गर्नुपर्छ ।’

प्रधानमन्त्री देउवाले स्वास्थ्य मन्त्रालयमा ध्यान नदिई बरु गृह, अर्थ, कानुन र ऊर्जा मन्त्रालयमा मन्त्री नियुक्त गरे । माओवादी केन्द्रले अर्थमन्त्रीमा जनार्दन शर्मा र ऊर्जामन्त्रीमा पम्फा भुषाललाई पठायो । यस्तै, नेपाली कांगेसले गृहमन्त्रीमा बालकृष्ण खाँण र कानुनमन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्कीलाई पठायो ।

अहिलेसम्म पनि स्वास्थ्यमन्त्री नियुक्तिबारे सरकार मौन छ । कोरोना संक्रमण रोकथाम, नियन्त्रणमा प्रभावकारी कदम चाल्न स्वास्थ्य मन्त्रालयको भूमिका महत्वपूर्ण मानिन्छ । तर, स्वास्थ्य मन्त्रालयलाई सरकार र राजनीतिक दलले प्राथमिकतामा नराख्दा समस्या देखिएको छ । जनस्वास्थ्यसम्बन्धी जानकार कोरोना महामारीको बेला पहिलो प्राथमिकतामा स्वास्थ्य क्षेत्रलाई राख्नुपर्नेमा सरकारले प्राथमिकतामा राख्न नसक्नुलाई दुःखद भएको बताउँछन् । विस्तृत समाचार आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन ।

प्रकाशित मिति : २ श्रावण २०७८, शनिबार  ७ : ०६ बजे

एनपीएल-३ को पहिलो अर्धशतक चितवनका मलानको नाममा

काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल० को तेस्रो संस्करणमा चितवन

शुक्लाफाँटामा पर्यटक आवागमनमा वृद्धि : १३ दिनमा ६०० पर्यटक

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय

बाँकेको सैयापुर क्षेत्र पदयात्राको गन्तव्य

नेपालगन्ज । सैयापुर क्षेत्र हाइकिङ (पदयात्रा) लागि गन्तव्य स्थान बन्न

काठमाडौँमा प्रहरीको ‘स्वीप अपरेसन’ : ७५ जना पक्राउ, १२ फरार कसुरदार र प्रतिवादीसमेत नियन्त्रणमा

काठमाडौँ । काठमाडौँ उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्तिसुरक्षा कायम

सुनको भाउ बढ्यो, चाँदीको घट्यो

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ ।