८ बैशाख २०८१, शनिबार | April 20, 2024

कोभिड महामारी सन् २०२२ मा पनि कायमै रहन्छः डब्लूएचओ



न्युयोर्क । कोभिड महामारी अर्को वर्ष पनि फैलिने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले प्रक्षेपण गरेको छ । गरिब देशका नागरिकले अझै पनि खोप लगाउन नपाएकोले सन् २०२२ मा पनि कोभिड संक्रमण कायमै रहने डब्लूएचओले जनाएको हो ।

डब्लुएचओका वरिष्ठ नेता डा। ब्रुस आयलवार्डले विश्वमा सन् २०२२ मा पनि कोभिड संकट गहिरो रुपमा देखिने बताए । विकासन्मुख देशका नागरिकमा अझै पनि खोपको पहुँच नभएको र विकसित देशका कतिपय व्यक्तिले खोप लगाउन अस्विकार गरिरहेको अवस्थामा अर्को वर्ष पनि संक्रमण देखिने उनको भनाई छ ।

रसियामा आधाभन्दा बढी जनसंख्याले खोप लगाएका छैन् । अविश्वासका कारण खोप नलाउँदा त्यहाँ दैनिक संक्रमण ५० हजार भन्दा धेरै छ । बुधबार मात्र रसियामा कोभिडका कारण एक हजार १०० जनाको मृत्यु भएको थियो ।

त्यस्तै, अफ्रिकामा कूल जनसंख्याको ५ प्रतिशत भन्दा थोरैले खोप लगाएका छन् । जबकी अन्य महादेशमा भने ४० प्रतिशतले खोप लगाएका छन् ।

विकसित देश अमेरिकामा अझै पनि करोडौंले खोप लगाएका छैनन् । खोप नलाउनेलाई विभिन्न सेवामा प्रतिबन्ध लगाउने क्यानडाले घोषणा गरिसकेको छ । त्यस्तै, ब्राजिलका राष्ट्रपति स्वयंमले खोप लगाउन मानिरहेका छैनन् । ब्राजिलमा कोभिड संक्रमणबाट ठूलो संख्यामा मानिसहरुको मृत्यु भइरहेका बेला उनले कोभिडलाई सामान्य रुपमा टिप्पणी गर्दै आएका छन् ।

यसैबीच, बेलायतले बिभिन्न देशलाई १ करोडभन्दा बढी डोज खोप दिएको छ । उसले १० करोड खोप वितरण गर्ने जनाएको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहिबार  ८ : ४७ बजे

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : अध्यक्ष ओली

काठमाडौं । नेपाल ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले नीति र

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन

पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको हालसम्ममा रु

एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को

‘टेस्ला दायित्व’ का कारण मस्कद्वारा भारत भ्रमण स्थगित

नयाँदिल्ली । अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको

सडक बालबालिका : पहिचान पाउन अझै पनि कठिन

काठमाडौं । “पशुपति आर्यघाटमा शव जलाउने काम गर्छु, ब्रह्मनालमा पैसा