१ पुस २०८२, मंगलबार | December 17, 2025

नेपाली सेनामा नयाँ साङ्गठनिक संरचना



काठमाडौं । नेपाली सेनाको साङ्गठनिक पुनः संरचना २०७७/७८ कार्यान्वयनमा आएको छ ।

सेनाको साङ्गठनिक पुनः सरचना मन्त्रिपरिषद्को असार २४ गते बैठकले स्वीकृत गरेको थियो । प्रधानसेनापति पूर्णचन्द्र थापाले सैनिक मुख्यालय जङ्गी अड्डामा शुक्रबार आयोजित समारोहमा कमाण्ड सेनापतिलाई झण्डा हस्तान्तरण गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सरकारले सैद्धान्तिक स्वीकृति दिएको ३ जोड १ कमाण्ड अवधारणाको निरन्तरताका रुपमा आएको साङ्गठनिक पुनः संरचना २०७७/७८ राष्ट्रिय सुरक्षा नीति र दीर्घकालीन सोच २०८७ समेतका आधार तयार पाएिको हो ।

साङ्गठनिक पुनः संरचनाको पूर्ण कार्यान्वयन भने २०८१ असार मसान्तसम्ममा हुने जानकारी दिइएको छ । चार कमाण्ड हेड क्वाटर आजबाटै पूर्णरुपमा सञ्चालनमा आएका छन् । कमाण्डलाई आवश्यक अधिकृत र सकल दर्जाको दरबन्दी क्रमिक रुपमा आगामी ६ वर्षमा पूरा हुने बताइएको छ ।

सेनाको संवैधानिक र अन्य जिम्मेवारीलाई थप असरदाररुपमा सम्पादन गर्ने लक्ष्य अघि बढाइएको ३ जोड १ कमाण्ड अवधारणा कार्यान्वयनका लागि साङ्गठनिक संरचना आवश्यक रहेको सेनाले जनाएको छ । अन्तर्राष्ट्रिय, क्षेत्रीय तथा राष्ट्रिय सुरक्षा परिवेश र अन्तर्राष्ट्रिय अभ्याससमेतलाई दृष्टिगत गरी सेनालाई समयानुकूल व्यावसायिक, चलायमान र गतिशील बनाउन साङ्गठनिक सरचना अघि बढाइएको हो ।

नेपालको नदी क्षेत्रमा उद्धार तथा वन्यजन्तु चोरी शिकारी नियन्त्रण कार्य गर्नसक्ने क्षमताको विकास र तदर्थ रुपमा स्थापना गरिएका अङ्ग सीमा अनुगमन एवं सर्भे निर्देशनालयलाई समेट्न यसले योगदान दिनेछ । फिल्ड तहमा हाल देखिएका मध्ये क्रमका अधिकृत, पदीक र विल्लादारसमेत वृत्ति विकासमा परेका समस्यालाई सम्बोधन र व्यवस्थापन गर्न साङ्गठनिक पुनः संरचना कोशेढुङ्गा सावित हुने जानकारी दिएको छ ।

साङ्गठनिक पुनः संरचना अघि बढाउने क्रममा सेनामा कायम रहेका विद्यमान कूल सङ्ख्यामा कुनै थपघट नहुने मात्र होइन विशिष्ट श्रेणीको दरबन्दी सङ्ख्यामा पनि कुनै पनि हेरफेर हुने छैन । साङ्गठनिक पुनः संरचना २०७७/७८ कार्यान्वयन भएपछि सञ्चार-प्रविधि, मेडिकल, बन्दोबस्ती, इन्जिनियरिङको क्षमता र अवधारणा गुणस्तरीय हुने सेनाले जनाएको छ । रासस

प्रकाशित मिति : २ श्रावण २०७८, शनिबार  ७ : ४७ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष