१६ बैशाख २०८१, आइतबार | April 28, 2024

भद्रपुरबाट चार अर्ब ११ करोड राजस्व सङ्कलन



झापा । आन्तरिक राजस्व कार्यालय भद्रपुरले आर्थिक वर्ष २०७७/७८ मा रु चार अर्ब ११ करोड राजस्व सङ्कलन गरेको छ ।

कार्यालयले वार्षिक लक्ष्यको तुलनामा १२६ प्रतिशत बढी प्रगति हासिल गरेको हो ।

कार्यालयका प्रमुख कर अधिकृत युवराज श्रेष्ठले आयकरतर्फ रु एक अर्ब ८१ करोड, मूल्य अभिवृद्धि करतर्फ रु एक अर्ब ८५ करोड, अन्तःशुल्कतर्फ रु ४४ करोड र स्वास्थ्य सेवा करबापत रु ९२ लाख सङ्कलन भएको बताए ।

अघिल्लो आवको तुलनामा गत आवमा ३६ दशमलव ५४ प्रतिशतले राजस्व वृद्धि भएको उनको भनाइ छ । अघिल्लो वर्ष कार्यालयले तीन अर्ब एक करोडमात्र राजस्व सङ्कलन गरेको थियो ।

झापा, इलाम, पाँचथर र ताप्लेजुङका करदाताबाट कोभिड-१९ को विषम परिस्थितिमा पनि लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गर्न सफल भएको उनले बताए ।

प्रकाशित मिति : २ श्रावण २०७८, शनिबार  ८ : ३९ बजे

२ करोडको लगानीमा बुटवलको मिलनचोकमा खुल्यो महालक्ष्मी स्वीट्स

बुटवल । बुटवलको मिलनचोकमा गुणस्तरीय, शुद्ध मिठाई र शुद्ध शाकाहारी

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत र बङ्गलादेशका

प्रधानमन्त्रीको दाबी – ९८ प्रतिशत जनसंख्यामा विद्युतको पहुँच पुगिसक्यो

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ९८ प्रतिशत जनसंख्या विद्युतको पहुँच

बझाङमा दोब्बर मतले एमालेको अग्रता कायमै

चैनपुर । बझाङ प्रदेशसभा १ मा प्रदेशसभा सदस्यका लागि भएको

नाइजेरियामा दादुराका कारण १९ बालबालिकाको मृत्यु

अबुजा । नाइजेरियाको उत्तरपूर्वी राज्य अदामावामा दादुरा सङ्क्रमणबाट हालसम्म कम्तीमा