२४ चैत्र २०८२, मंगलबार | April 8, 2026

ए मान्छे ! अब सोच्ने कि ?



स्वार्थी, अहंकार, घमण्डले
फुल्लिएर,उर्लिएर, चुलिएर,मक्किएर
पोखिदै गरेको
त्यो मान्छे
विलासितामा बिगि्रएको हो कि
बेहोसिमा हुर्किएको हो
आवेश, असहिष्णुताको कोपभाजनमा
रमाउदै र रमिते बन्दै
हुस्किमा चुस्की लगाउने
त्यो मान्छे
पृथ्वी आफ्नो मात्र भएको जस्तो गरेर
एकलौटी दादागिरी देखाउने
दुनियाँ चलाउने ठेगदारी
आफ्नै हो भनेर
शासन चलाउने
त्यो मान्छे
शस्त्रअस्त्र, गोलाबारुध, आणविकताले
सुसोभित सम्पन्न
नागाशाकी र हिरोसिमा
एकनिमेषमा बुङ्ग उडाएको
त्यो मान्छे
सुगमता र आधुनिकता
सम्पन्नता, सुबिधा र विकासका नाममा
कार्बनडाइक्साइडको कालो मुस्लोले
सिङ्गो ब्रह्माण्डलाइ प्रदुषित गर्ने
त्यो मान्छे
फोस्रो आडम्बरी, उदण्ड
रबाफका फोर्डा फैलाउदै
ब्रमलुट मच्चाउने
त्यो मान्छे
अनेकौं सोच, विचार, बाद, आदर्श
र सिद्धान्तको आलोकमा भेडा जस्तै दौडिएको
तर भित्रभित्रै गुप्तमा द्रव्यबादलाइ
अङ्गिकार गरेको
त्यो मान्छे
आदिमकाल देखी
सान्सारिक सत्ता हत्ताउदै
तमाम जिवजन्तु माथी
धावा बोल्दै
शासनको बाघडोरलाइ
हजारौं बर्ष देखि निरन्तर अगाडि बढाएको
त्यो मान्छे
आज
आफैले आफैलाइ
एउटा कैदी बन्दी जस्तै
नजरबन्दमा बसाउदैछ
त्यही मान्छे
आज
जाबो एउटा
आन्खाले नदेखिने जिवसग
कठै त्रासमा बाचेको छ दिनहु
सायद
अति गर्यौ कि मान्छे
एकपटक बेस्सरी
आफ्नो निदार खुम्चाएर सोच
मुटु माथि छातीमा हात राखेर
आफैले आफैलाइ बेस्सरी सोध
इमानदारीपूर्वक गम्भीर भएर फेरि सोच
कतै तिम्रो कर्मले
तिम्रा मानवजातीले
तिम्रा आदिम पुर्खा देखि अग्रजसम्मले
केही गल्ती गरे कि
अरुलाइ पिरोले कि,
निचोरे कि
थिचोरे कि ?

(२०७६/१२/२१ शुक्रबार)
कोरोना एकान्तवास, बुटवल

प्रकाशित मिति : २१ चैत्र २०७६, शुक्रबार  ३ : ३७ बजे

म्याग्दीमा शैक्षिक सत्र अगावै पाठ्यपुस्तक भित्रियो

म्याग्दी । आगामी शैक्षिक सत्र २०८३ को लागि म्याग्दीका सामुदायिक

करोडभन्दा बढी बैङ्किङ कसुर : पक्राउ गरी अदालतमा पेस

काठमाडौँ । एक करोड बढी बैङ्किङ कसुर गरेको आरोपमा दोषी

बुधबार धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार देशका

बढी शुल्क लिने निजी विद्यालयमाथि अनुगमन हुँदै

काठमाडौँ । आगामी वैशाख १५ गतेदेखि नयाँ शैक्षिकसत्रको सञ्चालन र

सरकारी सञ्चारमाध्यममा मात्र विज्ञापन दिने नीति परिवर्तन गर्न पत्रकार महासङ्घको आग्रह

काठमाडौँ । नेपाल पत्रकार महासङ्घले सरकारी सञ्चारमाध्यममा मात्र सरकारी सूचना