१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

संसद् सचिवालयमा दर्ता भयो प्रधानमन्त्री देउवाले विश्वासको मत लिने प्रस्ताव



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने गरी संघीय संसद सचिवालयमा प्रस्ताव दर्ता भएको छ ।

बिश्वासको मत लिने प्रस्ताव कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीद्वारा सभामुख अग्नि प्रसाद सापकोटामार्फत संसद सचिवालयमा दर्ता भएको हो ।

बिश्वासको मत लिने प्रस्ताव कानुन मन्त्रीद्वारा सभामुख मार्फत संसद सचिवालयमा दर्ता भैसकेको र आजै बस्ने दोश्रो बैठकमा प्रधानमन्त्रीले संविधान बमोजिम विश्वासको मत लिनुहुने सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।

गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले ३० दिनभित्र प्रतिनिधिसभामा विश्वासको मत लिनुपर्ने व्यवस्था छ । प्रतिनिधिसभामा विश्वासको मत पाउन देउवालाई कुल १ सय ३६ सांसद्को समर्थन चाहिन्छ । यतिबेला देउवाको पक्षमा कांग्रेस, नेकपा माओवादी, जनता समाजवादी पार्टी (जसपा)का उपेन्द्र यादव पक्ष र जनमोर्चासहित १ सय २८ सांसद् छन् । नेकपा एमालेको माधव कुमार नेपाल समूहका ८ सांसद्ले मत दिएमा देउवाले विश्वासको मत पाउने छन् ।

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  १२ : १६ बजे

वर्ल्डलिंकद्वारा ११ लाख एफटिटिएच ग्राहकको ऐतिहासिक उपलब्धि

काठमाडौं । नेपालको अग्रणी इन्टरनेट तथा डिजिटल सेवा प्रदायक वर्ल्डलिंक

राष्ट्रपतिद्वारा प्रमुख निर्वाचन आयुक्त र आयुक्त नियुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्को सिफारिसमा प्रमुख निर्वाचन

गृहमन्त्री गुरुङ सुनसरी जाँदै

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ आज सुनसरी जाने भएका छन्

प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रका नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले बिहीबार साँझ राष्ट्रका नाममा सम्बोधन

आपसी सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपतिको अपिल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगञ्ज गाउँपालिका–कप्तानगञ्जलगायत क्षेत्रमा हालै