७ पुस २०८२, सोमबार | December 22, 2025

संघीय संसदको अधिवेशन सुरु, प्रतिनिधिसभामा प्रधानमन्त्रीले आजै विश्वासको मत लिने



काठमाडौं । संघीय संसदका दुवै सदनको अधिवेशन आजबाट सुरु भएको छ ।

सर्वोच्च अदालतको आदेश अनुसार संसद भवनमा अपरान्ह ४ बजे अधिवेशन सुरु भएको हो । राष्ट्रिय सभाको नवौं अधिवेशन सुरु भएको छ भने प्रतिनिधिसभाको आठौं अधिवेशन सुरु भएको छ ।

अधिवेशन सुरु गर्दै प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले सापकोटाले शक्ति पृथकीकरण तथा नियन्त्रण र सन्तुलनको सिद्धान्त विपरीत चालिएको कदम एकपटक फेरि असफल भएको जनाएका छन् । उनले भने, ‘प्रतिनिधि सभाको गरिमालाई अवमूल्यन गर्ने प्रयासमा लगाम लागेको छ । प्रतिनिधि सभाको पुनस्र्थापनासँगै राजनीतिक स्थिरता र यसमार्फत् विकास र समृद्धिको जनचाहनालाई सम्बोधन गर्ने हाम्रो लक्ष्यमा दत्तचित्त हुन हामी सबैलाई प्रेरणा मिल्नेमा मेरो विश्वास छ ।’

सभामुख सापकोटाले संविधान सभाबाट निर्मित संविधानको मर्म र भावना एवं लोकतन्त्रको सार्वभौम मान्यता अनुसार प्रतिनिधि सभालाई पुनस्र्थापना गर्ने ऐतिहासिक फैसलाका लागि सर्वोच्च अदालतप्रति आभार प्रकट गरेका छन् । सापकोटाले भने, ‘सार्वभौम जनता नै राज्य शक्तिको एकमात्र स्रोत भएकोले राज्यको शासन व्यवस्थाको सञ्चालन जनताको इच्छा अनुसार जनप्रतिनिधिमूलक संसदबाट हुने मान्यतालाई संविधानले पूर्णतः आत्मसात् गरेको र सोही कार्यलाई सम्मानित अदालतको फैसलाले पुनः स्थापित गरेको छ ।’

आजै बस्ने दोस्रो बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने भएका छन् । पहिलो बैठकमा सभामुख सापकोटाले राष्ट्रपति कार्यालयबाट प्राप्त विभिन्न मितिका पत्रहरु पढेर सुनाएका छन् । कानूनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले पूर्व सरकारले जारी गरेका विभिन्न अध्यादेशहरु सभासमक्ष प्रस्तुत गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले गत जेठ ७ गते प्रतिनिधिसभा भंग गरेकी थिइन । तर राष्ट्रपतिको कदम असंवैधानक भएको भन्दै सर्वोच्च अदालतले साउन ३ गतेभित्र प्रतिनिधिसभाको बैठक बसाल्न गत असार २८ गते ऐतिहासिक फैसला गरेको थियो ।

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  ४ : ५७ बजे

बालेन र रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

हिसान जिल्लास्तरीय अन्तर विद्यालय भलिबल प्रतियोगिता शुरु

बुटवल । प्रथम हिसान जिल्लास्तरिय अन्तर विद्यालय भलिबल प्रतियोगिता शुरु

एमसीसी परियोजनाबाट सडक पूर्वाधारका दुईवटा योजनासम्बन्धी सम्झौता

काठमाडौं । एमसीए–नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्ट अन्तर्गत

‘ट्रक साहित्य’कारुपमा चर्चित सवारी साधन पछाडि लेखिने कविता सायरीको सामाग्रीमाथि ट्राफिकको डण्डा

नेपालगन्ज । कुनैबेला ट्रक साहित्यकारुपमा चर्चा कमाएको सवारी साधन पछाडीका

सरकारले राजनीतिक दलका क्षतिग्रस्त कार्यालयको अनुगमन गर्ने

काठमाडौं । सरकारले जेनजी आन्दोलनका क्रममा क्षति भएको राजनीतिक दलका