२४ बैशाख २०८१, सोमबार | May 6, 2024

अदालतले संविधान संशोधन ग-यो , देउवा श्रीमान ५ बाट प्रधानमन्त्री बने : प्रदीप ज्ञवाली



काठमाडौं । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले सर्वोच्च अदालतले संविधान संशोधन गरेको जिकिर गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले मागेको विश्वासको मतमाथि आफ्नो पार्टीको धारणा राख्दै सचिव ज्ञवालीले सर्वोच्च अदालतले संविधानको धारा ७६ ५ को अधिक व्याख्या मात्र नगरेर संविधानलाई नै संशोधन गरेको आरोप लगाए ।

ज्ञवालीले अब धारा ७६ को उपधारा २ अनुसार सांसदहरु दलको ह्वीप नमानेर सिधै धारा ७६ ५ मा पुग्नेछन् । उनले भने, ‘धारा ७६ को १२३ मा भएको प्रधानमन्त्री धारा ७६ ५ मा उम्मेदवार बन्न नपाउने फैसला ? यस्तो पनि हुन्छ ? यो संविधान संशोधन नभएर के हो ?’ अहिले कसैलाई सन्चो भएपनि लोकतन्त्रको लागि यो फैसाल क्यान्सर भएको उनले जिकिर गरे ।

ज्ञवालीले शेरबहादुर देउवा पहिला श्री ५ बाट नियुक्त भएका थिए भन्दै अहिले श्रीमान ५ बाट प्रधानमन्त्री नियुक्त भएको टिप्पणी गरे । उनले भने, ‘०६१ मा श्री ५ बाट प्रधानमन्त्री भएका देउवा अहिले सर्वोच्च अदालतका ५ न्यायाधीशबाट प्रधानमन्त्री बनेका हुन् ।’

ज्ञवालीले केपी शर्मा ओली सरकारले इतिहासमै सबैभन्दा राम्रो काम गरेको जिकिर गर्दै ओलीलाई जनताले सधैंभर स्मरण गरिरहने दाबी गरे ।

 

 

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  ६ : ५२ बजे

आफूहरूको सम्पत्ति सार्वजनिक गरिदिन प्रधानमन्त्री कार्यालयलाई रास्वपाका मन्त्रीहरूको पत्र

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सरकारमा रहेका उपप्रधानमन्त्री तथा

बुटवलको कालिकानगरबाट सट्टेबाजी गर्ने १३ जना भारतीय पक्राउ

बुटवल । बुटवलबाट सट्टेबाजी गर्ने १३ जना भारतीय पक्राउ परेका

टी-२० विश्वकपमा आतंकवादी हमलाको धम्की

काठमाडौं । पाकिस्तान-अफगानिस्तानमा सक्रिय आतंकवादी संगठन आइएस खोरासानले टी-२० विश्वकपको

अशोक राई नेतृत्वको नयाँ दल जसपा निर्वाचन आयोगमा दर्ता

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टीलाई नयाँ दलको मान्यता

भारी वर्षाका कारण भारतको मणिपुरमा विद्यालय बन्द

नयाँ दिल्ली । भारतको उत्तरपूर्वी राज्य मणिपुरमा भारी वर्षा र