२९ चैत्र २०८२, आइतबार | April 12, 2026

प्रधानमन्त्री देउवाद्वारा विश्वासको मत हासिल; पक्षमा १६५ मत, विपक्षमा ८३, तटस्थ १



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत प्राप्त गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमा भएको मतदानमा प्रधानमन्त्री देउवाले विश्वासको मत प्राप्त गरेका हुन् ।

देउवाको पक्षमा १६५ मत आएको छ भने विपक्षमा ८३ मत मात्र परेको छ । तटस्थमा १ मत मात्र परेको छ । प्रतिनिधिसभाका हाल कायम रहेका २७१ सदस्यहरुमध्ये जम्मा २४९ मत खसेको थियो । २१ जना सांसद अनुपस्थित रहे ।

विश्वासको मत हासिल गर्न १३६ मत भए पुग्छ ।

देउवालाई उनको दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी जसपा, राष्ट्रिय जनमोर्चाले पुरै मतदान गरेका छन् ।

यसैगरी नेकपा एमालेको माधवकुमार नेपाल पक्षका केही सांसद र ओली पक्षका केही सांसदले समेत देउवालाई मतदान गरेका छन् ।

संविधानको धारा ७५ को उपधारा ५ अनुसार राष्ट्रपति समक्ष दाबी पेश गर्दा देउवाको पक्षमा १४९ जना सांसदको समर्थन रहेको थियो । तर, सो दाबीलाई राष्ट्रपतिले अस्वीकार गर्दै संसद नै विघटन गरेपछि त्यसको विरुद्धमा १४६ जना सांसदहरुले सर्वोच्च अदालतमा शशरीर उपस्थित भएर रिट निवदेन दर्ता गराएका थिए ।

देउवाले प्रधानमन्त्रीमा नियुक्त भएको एक साता नवित्दै र पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो दिनको दोस्रो बैठकमै विशाल मतका साथ विश्वासको मत हासिल गरेका छन् ।

प्रतिनिधिसभाको अर्को बैठक साउन ८ गते शुक्रबार बस्ने भएको छ ।

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  १० : ०२ बजे

चर्को आलोचनापछि सरकारले छोड्यो युट्युबर रोशन पोख्रेललाई

काठमाडौं । युट्युबर रोशन पोख्रेल हाजिर जमानीमा रिहा भएका छन्

पाल्पामा बन्द रहेको अक्सिजन प्लान्ट पुनः सञ्चालन

पाल्पा । यहाँ दुई वर्षदेखि बन्द रहेको अक्सिजन प्लान्ट पुनः

राप्रपाभित्र विवाद चर्कियो, लिङ्देन नेतृत्व भंग गर्न असन्तुष्ट पक्षको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र आन्तरिक विवाद चर्किएको

कांग्रेस संसदीय दलको नेता वैशाख ४ मा चयन हुने

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा संसदीय दलको नेता आगामी वैशाख

जैविक विविधता र वनस्पति संरक्षणमा वातावरणमन्त्रीको जोड

काठमाडौं । वन तथा वातावरणमन्त्री गीता चौधरीले वन पैदावारको उपयोग