१ पुस २०८२, मंगलबार | December 16, 2025

मेची अस्पतालका डाक्टर कपुरीमाथि कुटपिट



झापा । मेची अस्पताल भद्रपुरका डा केवल कपुरीमाथि बिरामीका कुरुवाले कुटपिट गरेका छन् । डा. कपुरीलाई हल्दिबारी गाउँपालिकाका ४० वर्षीय पुष्पराज निरौलाले आइतबार राति आकस्मिक उपचार कक्षमा कुटपिट गरेका हुन् ।

श्रीमती बिरामी भएपछि उपचारका लागि अस्पतालको आकस्मिक कक्षमा भर्ना गरेका निरौलाले उपचारमा संलग्न डा कपुरीमाथि अनावश्यक विवाद गरी कुटपिट गरेको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ड डा टङ्कप्रसाद बाह्रकोटीले बताए।

“हामीले असुरक्षा महसुस गरिरहेका छौं”, उनले भने, “बिरामीको उपचार गर्नु हाम्रो कर्तव्य हो, हामी कर्तव्यबाट च्यूत हुँदैनौं, तर उपचार गर्ने डाक्टरमाथि बिना कारण अस्पतालमै कुटपिट गर्ने जुनसुकै दोषीमाथि कडा कारवाही हुनुपर्छ ।” डा कपुरीले घटनाका दोषीमाथि कारवाही गरिपाउँ भनी आजै जिल्ला प्रहरी कार्यालयमा उजूरी दिएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले उजूरीका आधारमा घटनाको छानबिन गरी दोषी देखिए कारवाही गर्ने जानकारी दिए । घटनाको छानविन भएर दोषीलाई कारवाही नभएसम्म स्वास्थ्यकर्मीले अस्पतालका सम्पूर्ण आकस्मिक सेवा बन्द गरेका छन् ।

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार  १ : १९ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज