१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

आज ४३ औं पुष्पलाल स्मृति दिवस



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संस्थापकमहासचिव पुष्पलाल श्रेष्ठको ४३ औँ स्मृति दिवस आज मनाइँदै छ ।

नेपालमा कम्युनिस्ट पार्टीमार्फत नागरिकका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यका साथ नेपालमा कम्युनिस्ट पार्टीको स्थापना गरेका पुष्पलालको २०३५ साल साउन ७ गते निधन भएको थियो ।

नेपाली क्रान्तिका सिद्धान्तकारका रुपमा परिचित पुष्पलालले आफ्नो जीवनभर नागरिकको स्वतन्त्रताका लागि संघर्ष गरेका थिए । पुष्पलालले विसं। २००६ वैशाख १० गते नर बहादुर निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, मोतीदेवी श्रेष्ठसँग मिलेर नेपालमा कम्युनिस्ट पार्टीको स्थापना गरेका थिए । उनले स्थापना गरेको नेपालमा कम्युनिस्ट पार्टी विभिन्न चरणमा फुटेर विभिन्न कम्युनिस्ट पार्टी बनेका छन् ।

उनले विश्व कम्युनिस्ट घोषणापत्रलाई २००५ सालमा नेपाली अनुवाद गरी प्रकाशन गरे । वि.सं. १९८१ असार १५ गते रामेछापको भँगेरीमा पुष्पलालको जन्म भएको थियो ।

प्रकाशित मिति : ७ श्रावण २०७८, बिहिबार  ८ : ३५ बजे

शिक्षा मन्त्री सस्मित पोखरेल बने सरकारका प्रवक्ता

काठमाडौं । बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषदले सरकारको प्रवक्तामा शिक्षा मन्त्री

परराष्ट्र नीतिमा परिवर्तन हुँदैन : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनालले सरकार परिवर्तन वा नयाँ

पदभारलगत्तै प्रधानमन्त्री शाहद्वारा मन्त्री र सचिवहरुलाई निर्देशन

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदबारस्थित पदभार ग्रहणलगत्तै मन्त्री

दोलखाको लाप्चा क्षेत्रमा मुस्ताङ एयरको हेलिकोप्टर सम्पर्कविहीन

काठमाडौं । काठमाडौंबाट दोलखाको लाप्चातर्फ उडेको मुस्ताङ एयरको हेलिकोप्टर सम्पर्कविहीन

सरकारका निर्णय कार्यान्वयन गर्दिन भन्ने छुट कसैलाई छैन : गृहमन्त्री गुरुङ

काठमाडौँ । नवनियुक्त गृहमन्त्री सुधन गुरुङले सेवा प्रवाहलाई सहज बनाउँदै