३ पुस २०८२, बिहिबार | December 19, 2025

चीनले अमेरिकालाई सहयोग गर्‍यो १ हजार थान भेन्टिलेटर



एजेन्सी । कोरोना भाइरसको संक्रमणलाई आश्चर्यजनकरुपमा नियन्त्रणमा लिएको चीनले अमेरिकालाई १ हजार थान भेन्टिलेटर सहयोग गरेको छ । १ हजार थान भेन्टिलेटर चीनले पठाएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

कोरोना संक्रमणको अवस्था संसारमै अमेरिकामा सबैभन्दा धेरै भएपछि चीनले उपचारका लागि सहयोग गर्न सुरु भएको छ । अमेरिकामा भेन्टिलेटरको अभावमा उपचारसमेत प्रभावित भएको छ ।

अमेरिकामा सबैभन्दा धेरै न्युयोर्क राज्य प्रभावित भएको छ । त्यहाँका गभर्नर एन्ड्रिउ कुमोले भेन्टिलेटर उपलब्ध गराएको भन्दै चीनप्रति आभार व्यक्त गरेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अहिलेसम्म अमेरिकामा ३ लाख २२ हजार ६ सय ३५ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । त्यसमध्ये ८ हजार ४ सय ५४ जनाको मृत्यु भएको छ । १४ हजार ८ सय २५ जना उपचारपछि घर फर्किएका छन् ।

ज्यान गुमाउनेमध्ये ३ हजार ५ सय ६५ जना न्युयोर्कका हुन् । न्युयोर्कमा मात्रै १ लाख १४ हजार ७ सय ७५ जना संक्रमित भएका छन् । पछिल्लो २४ घन्टामा अमेरिकामा १ हजार ३ सय ३१ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०७६, आइतबार  १० : ४९ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको