१९ असार २०८३, शुक्रबार | July 4, 2026

निर्वाचन आयोगले जसपाका कार्यकारिणी समितिलाई सनाखत गर्न बोलायो, बहुमतका आधारमा आधिकारीकता दिने संकेत



काठमाडौं । जनता समाजवादी पार्टीको विवाद निरुपण गर्न गठित निर्वाचन आयोगको इजलासले जसपाको कार्यकारिणी समितीका सदस्यहरुलाई सनाखतका लागि बोलाउने निर्णय गरेको छ । आयोगले विवाद निरुपणका लागि भन्दै कार्यकारिणी समितिका ५१ सदस्यलाई सनखतका लागि बोलाएको हो । तत्कालीन संघीय समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबीच एकता बखत हस्ताक्षर गरेका कार्यकारिणी समितिका ५१ जना सदस्यलाई आयोगले साउन ११ गते उपस्थितीका लागि पत्राचार गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

उनीहरुलाई नागरिकताको सक्कल प्रति वा मतदाता परिचयपत्रसहित उपस्थित हुन आयोगको इजलासबाट आदेश गरेको प्रवक्ता श्रेष्ठले बताए ।

आयोगले राजनीतिक दल विभाजनसम्बन्धी कानुन अनुसार जसपाको विवाद निरुपणका लागि इजलास गठन गरेको थियो । ओली सरकारसँगको समिकरणमा संसदीयदलमा ठाकुर पक्ष केही बलियो देखिएपनि कार्यकारिणी समितिमा भने उपेन्दै पक्षको पल्ला भारी देखिँदै आएको छ । सर्वोच्च को फैसलाले सत्ता समिकरण फेरिएसाग् संसदीयदलमा पनि पछिल्लो समयमा बराबरीको संख्यामा ठाकुर र यादव पक्षमा देखिएका छन् ।

कार्यकारिणी समितिमा आफ्नो पक्षका ३० भन्दा धेरै सदस्य रहेको दाबी गरेको यादव पक्षले संसदीय दलमा पनि १७ सांसद रहेको दाबी गरेको छ।

प्रकाशित मिति : ७ श्रावण २०७८, बिहिबार  ६ : ५१ बजे

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजासहित गर्भगृहमा मूर्ति राखियो

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष

पत्रकारसँग आन्तरिक राजस्व कार्यालयको कर अन्तरक्रिया

नेपालगन्ज । । आन्तरिक राजस्व कार्यालय नेपालगन्जले बाँकेका क्रियाशील पत्रकारहरुसँग

सरकारको सुरुआत सकारात्मक र जनहितकेन्द्रित छ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जनअपेक्षा

सात विश्वविद्यालयमा उपकुलपति नियुक्त, सहकुलपतिसँग शपथ ग्रहण

काठमाडौँ । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले त्रिभुवन विश्वविद्यालयसहित

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स ९एआई०