१६ बैशाख २०८१, आइतबार | April 28, 2024

निर्वाचन आयोगले जसपाका कार्यकारिणी समितिलाई सनाखत गर्न बोलायो, बहुमतका आधारमा आधिकारीकता दिने संकेत



काठमाडौं । जनता समाजवादी पार्टीको विवाद निरुपण गर्न गठित निर्वाचन आयोगको इजलासले जसपाको कार्यकारिणी समितीका सदस्यहरुलाई सनाखतका लागि बोलाउने निर्णय गरेको छ । आयोगले विवाद निरुपणका लागि भन्दै कार्यकारिणी समितिका ५१ सदस्यलाई सनखतका लागि बोलाएको हो । तत्कालीन संघीय समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबीच एकता बखत हस्ताक्षर गरेका कार्यकारिणी समितिका ५१ जना सदस्यलाई आयोगले साउन ११ गते उपस्थितीका लागि पत्राचार गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

उनीहरुलाई नागरिकताको सक्कल प्रति वा मतदाता परिचयपत्रसहित उपस्थित हुन आयोगको इजलासबाट आदेश गरेको प्रवक्ता श्रेष्ठले बताए ।

आयोगले राजनीतिक दल विभाजनसम्बन्धी कानुन अनुसार जसपाको विवाद निरुपणका लागि इजलास गठन गरेको थियो । ओली सरकारसँगको समिकरणमा संसदीयदलमा ठाकुर पक्ष केही बलियो देखिएपनि कार्यकारिणी समितिमा भने उपेन्दै पक्षको पल्ला भारी देखिँदै आएको छ । सर्वोच्च को फैसलाले सत्ता समिकरण फेरिएसाग् संसदीयदलमा पनि पछिल्लो समयमा बराबरीको संख्यामा ठाकुर र यादव पक्षमा देखिएका छन् ।

कार्यकारिणी समितिमा आफ्नो पक्षका ३० भन्दा धेरै सदस्य रहेको दाबी गरेको यादव पक्षले संसदीय दलमा पनि १७ सांसद रहेको दाबी गरेको छ।

प्रकाशित मिति : ७ श्रावण २०७८, बिहिबार  ६ : ५१ बजे

पाल्पाको तिनाउ सिमखोलामा ट्रिपरको ठक्करबाट एकजनाको मृत्यु

बुटवल । पाल्पाको तिनाउ गाउँपालिका २ सिसखोलामा ट्रिपरको ठक्करबाट एक

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

पोखरा । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

‘पर्यटन, कृषि, जलविद्युत परियोजनामा लगानी जुटाउन सके मुलुक समृद्ध बन्छ’

काठमाडौं । आइतबारदेखि दुईदिने ‘इमर्जिङ नेपाल इन्भेस्टमेन्ट समिट–२०२४’ नेपालमा सुरु

करीयर प्लानिङ एजुकेशन कन्सलटेन्सीले लियो गरिब तथा जेहेन्दार विद्यार्थीको अभिभावकत्व

बुटवल । बुटवलमा संचालनमा रहेको करीयर प्लानिङ एजुकेशन कन्सलटेन्सी प्रालीले

इलाम-२ को राति ११ बजेपछि र बझाङको भोलि बिहान १० बजेपछि मतगणना हुने

काठमाडौं । इलाम-२ को मतपेटिका राति ११ बजेसम्म मतगणना स्थलसम्म