८ चैत्र २०८२, आइतबार | March 22, 2026

विपन्नको घरदैलोमा लियो सिद्धार्थनगर युथ



भैरहवा । कोरोना भाइरसको महामारीका कारण सरकारले घोषणा लकडाउन घोषणा गरेपछि यतिबेला खास गरी विपन्न परिवार त्यसको प्रत्यक्ष मारमा परेका छन् ।

दैनिक ज्यालादारी गरी जीविकोपार्जन गर्ने नागरिक यतिबेला संकटमा परेका छन् । त्यस्ता विपन्न नागरिकहरुको समस्यालाई मध्यनजर गर्दै सामाजिक क्षेत्रमा क्रियाशिल संस्था लियो क्लब अफ सिद्धार्थनगर युथले राहत सामाग्री वितरण गरेको छ ।

रुपन्देहीको मायादेवी गाउँपालिका–६ स्थित बेथरीमा रहेका ५० घरपरिवारलाई क्लबले उनीहरुको घरमै पुगेर खाद्यान्न सामाग्री वितरण गरेको क्लबका अध्यक्ष विनय कुमार मिश्राले बताए । ५० घरपरिवारलाई ५ किलो आंटा, १ किलो आलु, १ प्याकेट नुन र आधा किलो प्याज वितरण गरिएको मिश्राले जानकारी दिए ।

बेथरीमा विपन्न घरपरिवारका साथै भाडामा बस्ने र यहाँको स्थानीय उद्योगहरुमा कार्यरत अन्य जिल्लाका मजदूरहरुलाई पनि राहत सामाग्री प्रदान गरेका छौं, उनले भने । बांकी रहेका घरपरिवारलाई केही दिनमै राहत वितरण गरिने क्लबका कोषाध्यक्ष दिनेश चौधरीले बताए ।

राहत वितरण कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष रविकान्त उपाध्याय, कोषाध्यक्ष पिन्टु कान्दु, व्यवसायी शैलेन्द्र बरई लगायतको सहयोग रहेको क्लबले जनाएको छ । यस अघि क्लबले प्रदेश २ का हावाहुरीबाट पीडित तथा मर्चवार क्षेत्रका बाढीपीडितलाई पनि राहत वितरण गरेको थियो ।

प्रकाशित मिति : २३ चैत्र २०७६, आइतबार  १२ : ३४ बजे

कांग्रेसको देउवा समूहले बोलायो १४औं महाधिवेशनबाट निर्वाचित कार्यसमिति बैठक

काठमाडौं । १४औं महाधिवेशनबाट सभापतिमा निर्वाचित शेरबहादुर देउवा नेतृत्वको समूहले

परम्परागत ज्ञान र आधनिक विज्ञानमार्फत हिमाली चरनभूमि संरक्षण गरिँदै

काठमाडौं । परम्परागत ज्ञान र आधुनिक विज्ञानमार्फत मुलुकका उच्च हिमाली

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण : अख्तियारद्वारा पुनः २१ जना विरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल

आठ महिनामा करिब ११ खर्ब व्यापार घाटा

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो चौमासिक अवधिसम्ममा

CFRD and GCD Deliver Panda Packs to 5,005 Students Across 56 Rural Nepali Schools

Kathmandu: week-long intensive educational mission across Nepal’s rural heartlands concluded