२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

३२ औं संस्करणको टोकियो ओलम्पिक खेलको आज उद्घाटन हुँदै



एजेन्सी । विश्व खेलकुदको सबैभन्दा ठूलो उत्सव ओलम्पिक खेलकुद आजबाट जापानको टोकियोमा औपचारिक रुपले सुरु हुँदैछ ।

विश्व खेलकुदको कुम्भमेला मानिने गृष्मकालीन ओलम्पिकको ३२ औं संस्करण निर्धारित मितिभन्दा एक वर्ष ढिलो हुन लागेको हो ।

जापानको राजधानी टोकियोमा एक विशेष कार्यक्रमकाबीच टोकियो ओलम्पिक खेल आजदेखि औपचारिक रुपमा सुरु हुनेछ । नेपाली समय अनुसार आज दिउँसो ४ बजेपछि हुने उद्घाटन समारोहको मार्च पासमा नेपालको झण्डा पौडी खेलाडी गौरिका सिंह र एलेक्जेन्डर शाह (एलेक्स) ले बोक्ने छन् ।

टोकियो ओलम्पिकमा सहभागिता जनाउन विश्वभरका खेलाडी, प्रशिक्षक र अफिसियलहरु जापानको राजधानी टोकियो पुगिसकेका छन् । ओलम्पिकमा सहभागिता जनाउन विश्वका २ सय ४ देश तथा क्षेत्रबाट ११ हजार २ सयभन्दा बढी खेलाडी टोकियो पुगेका छन् । नेपालबाट खेलाडीसहित २३ सदस्यीय टोली टोकियो पुगिसकेको छ । कोरोना संक्रमणको असर नपरोस् भन्नका लागि स्वास्थ्य सुरक्षा मापदण्डमा निकै कडाइ गरिएको छ ।

कोरोना महामारीका कारण ओलम्पिक प्रतियोगिता स्थगित गर्नुपर्ने आवाज उठिरहेका बेला प्रतियोगिता हुन लागेको हो । यसअघि गत वर्ष पनि कोरोना जोखिमकै कारण प्रतियोगिता रोकिएको थियो । कोरोना सङ्क्रमणका कारण दर्शकको उपस्थिति बिना नै प्रतियोगिता हुने एनबिसी न्युजले जनाएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  ७ : ३२ बजे

ढुङ्गामा हात्तीको आकृति

भरतपुर । चितवनको इच्छाकामना गाउँपालिका-१ हात्तिबाङमा ढुङ्गामा हात्तीको आकृति बनाउँदै

आजदेखि मातातीर्थ मेला सुरु

काठमाडौं । प्रत्येक वर्ष वैशाख कृष्णपक्ष आमाको मुख हेर्ने औँसीका

सुर्यको शतकसँगै सनराइजर्समाथि मुम्बई ७ विकेटले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत मुम्बई इण्डियन्सले सनराइजर्स

सभामुखले आज प्रधानमन्त्रीसहित प्रमुख दलका शिर्ष नेताहरुसँग छलफल गर्दै

काठमाडौं । सभामुख देवराज घिमिरेले आज प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष

नेपाल इङल्याण्ड सी सँग २-० ले पराजित

काठमाडौं । नेपाल इङल्याण्डको सी  टिमसँग पराजित गरको छ ।