४ पुस २०८२, शुक्रबार | December 19, 2025

घरघरमा राहत वितरण गर्दै वडाअध्यक्ष यादव



भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष मुक्तिनाथ यादव (भोला)ले वडामा रहेका विपन्न परिवारलाई घरदैलोमा पुगेर राहत सामाग्री वितरण गरेका छन् ।

एकै ठाउँ भीडभाड गरी राहत सामाग्री वितरण गर्दा सामाजिक दुरी हुन नसक्ने भन्दै वडावासीको घरघरमै पुगेर उनले राहत सामाग्री वितरण गरेका हुन् ।कोरोना भाइरस (कोभिड–१९)को महामारीका कारण सरकारले घोषणा गरेको लकडाउन पालना गर्ने क्रममा कुनै पनि वडावासी भोकै नरहुन् भन्ने उद्देश्यले घरदैलोमै पुगेर राहत सामाग्री वितरण गरेको वडाअध्यक्ष यादवले बताए ।

समाजवादी पार्टीबाट निर्वाचित यादव सिद्धार्थनगर नगरपालिकाका कान्छा वडाअध्यक्ष समेत हुन् ।“सिद्धार्थनगर नगरपालिकाले यति बेला विभिन्न वडामा राहत बांडिरहेको छ, हामीले पनि यस वडाबाट २९० विपन्न परिवारको सूची बनाएर नगरपालिकालाई बुझाएका थियौं, तर नगरपालिकाले १८० परिवारलाई राहत दिन तयार भएपछि हामीले त्यसलाई अस्वीकार ग¥यौं, उनले भने ।”समाजसेवी, उद्योगी, व्यवसायी तथा वडा सदस्यहरुको सहयोगमा भाडामा बसेका नागरिकलाई पनि खाद्यान्न सामाग्री वितरण गरिएको उनले बताए ।

५ केजी चामल, १ प्याकेट नुन, १ केजी आलु, आधा किलो प्याज, बोडी, सोयाबीन र साबुन विपन्न परिवारलाई वितरण गरिएको उनले जानकारी दिए । एक महिनामा तीन पटक राहत वितरण गरिने र जसमध्ये प्रथम चरणमा २५० परिवारलाई खाद्यान्न सामाग्री वितरण गरिएको उनले बताए ।

मुलुक ठप्प भएको बेला समस्यामा रहेका विपन्न नागरिकलाई घरदैलोमै पुगेर राहत सामाग्री वितरण गर्नु प्रशसंनीय रहेको स्थानीय राजन शुक्लाले बताए ।

प्रकाशित मिति : २३ चैत्र २०७६, आइतबार  १२ : ३७ बजे

रास्वपा सङ्घीय नेतृत्व मञ्चमा १७ सदस्य मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीकोे सङ्घीय नेतृत्व मञ्चमा

महाधिवेशनले पार्टी एकतालाई नयाँ उचाईमा पुर्‍याएको छ : ओली

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताको भावनाका

नेपाल चिकित्सक सङ्घद्वारा उम्मेदवारको नामावली सार्वजनिक

काठमाडौं । नेपाल चिकित्सक सङ्घ, केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनका लागि

महाधिवेशनपछि एमालेको पहिलो केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौँ । नेकपा (एमाले)को ११ औँ महाधिवेशन सम्पन्न भएपछि पहिलो

मौसम प्रतिकुल हुँदा आन्तरिक उडान प्रभावित, आधा दर्जन विमानस्थल खुल्न सकेनन्

काठमाडौं । प्रतिकूल मौसमका कारण देशका आधा दर्जन विमानस्थल दिउँसोसम्म