६ श्रावण २०८३, बुधबार | July 22, 2026

गण्डकी प्रदेश सरकार विस्तार, ६ मन्त्रीले लिए सपथ



काठमाडौं । सरकार गठन भएको झण्डै डेढमहिनापछि गण्डकी प्रदेश सरकारले पूर्णता पाएको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्रिपरिषद् विस्तार गरेका हुन् । शुक्रबार कांग्रेस र माओवादी केन्द्रबाट ६ जना मन्त्रीहरुले सपथ लिएका छन् ।

शुक्रबार दिउँसो प्रदेश प्रमुख सीताकुमारी पौडेलले नवनियुक्त मन्त्रीहरुलाई सपथ गराएकी छिन् । कांग्रेसबाट आन्तरिक मामिला तथा कानूनमन्त्रीमा विन्दुकुमार थापा, भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात मन्त्रीमा कुमार खड्का, शिक्षा, संस्कृति, विज्ञात तथा सामाजिक विकासमन्त्रीमा मेषलाल श्रेष्ठ र पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा मणिभद्र शर्माले शपथ लिएका छन् । यसअघि शिक्षा मन्त्रीको जिम्मेवारी सम्हालेका खड्कालाई भौतिक पूर्वाधार, सहरी विकास तथा यातायातमन्त्रीको जिम्मेवारी दिइएको हो ।

यसैगरी माओवादी अर्थमन्त्रीमा रामजी बराल, वन, वातावरण तथा भूसंरक्षण मन्त्रीमा दीपक चर्ती मगर र भूमि व्‍यव्स्था, कृषि सहकारी तथा गरिबी निवारण मन्त्रीमा चन्द्रबहादुर बुढाले शपथ लिएका छन् ।

यसअघि कांग्रेसबाट कुमार खड्का, माओवादी केन्द्रबाट मधुमाया अधिकारी र जनता समाजवादी पार्टीबाट हरिशरण आचार्य र स्वतन्त्र सांसद मन्त्री रहेका थिए । जसपाबाट उर्जा जलस्रोत तथा सिंचाईं मन्त्री बनेका आचार्यले भने यसअघि मुख्यमन्त्रीले गरेको प्रतिवद्धता पुरा नगरेको भन्दै सपथ ग्रहण बहिस्कार गरेका छन् ।

तस्बिर साभार : ताण्डव न्युज

 

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  २ : ३५ बजे

पहिरो खस्दा आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने

काठमाडौं । अविरल वर्षा, पहिरो र बाढीको जोखिमका कारण देशका

अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्

चितवन । ‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएकोे अण्डाको मूल्य बढ्न

बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’, जलवायु सचेतनासँगै मानवीय सहयोग कोष घोषणा

काठमाडौं । नेपाली कांग्रेसले विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवसका

दोलखाको सिप्रिङ खोलामा आएको बाढीले एक वृद्ध बेपत्ता, चार जना जलविद्युत् कर्मचारी जोखिममा

काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका-९ स्थित सिप्रिङ खोलामा आएको बाढीले

दिल्लीमा विद्यार्थी प्रदर्शनमाथि प्रहरीको दमन, राजधानी तनावग्रस्त

नयाँ दिल्ली । भारतीय राजधानी नयाँ दिल्लीमा शिक्षा प्रणालीमा देखिएको