१७ बैशाख २०८१, सोमबार | April 29, 2024

गण्डकी प्रदेश सरकार विस्तार, ६ मन्त्रीले लिए सपथ



काठमाडौं । सरकार गठन भएको झण्डै डेढमहिनापछि गण्डकी प्रदेश सरकारले पूर्णता पाएको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्रिपरिषद् विस्तार गरेका हुन् । शुक्रबार कांग्रेस र माओवादी केन्द्रबाट ६ जना मन्त्रीहरुले सपथ लिएका छन् ।

शुक्रबार दिउँसो प्रदेश प्रमुख सीताकुमारी पौडेलले नवनियुक्त मन्त्रीहरुलाई सपथ गराएकी छिन् । कांग्रेसबाट आन्तरिक मामिला तथा कानूनमन्त्रीमा विन्दुकुमार थापा, भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात मन्त्रीमा कुमार खड्का, शिक्षा, संस्कृति, विज्ञात तथा सामाजिक विकासमन्त्रीमा मेषलाल श्रेष्ठ र पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा मणिभद्र शर्माले शपथ लिएका छन् । यसअघि शिक्षा मन्त्रीको जिम्मेवारी सम्हालेका खड्कालाई भौतिक पूर्वाधार, सहरी विकास तथा यातायातमन्त्रीको जिम्मेवारी दिइएको हो ।

यसैगरी माओवादी अर्थमन्त्रीमा रामजी बराल, वन, वातावरण तथा भूसंरक्षण मन्त्रीमा दीपक चर्ती मगर र भूमि व्‍यव्स्था, कृषि सहकारी तथा गरिबी निवारण मन्त्रीमा चन्द्रबहादुर बुढाले शपथ लिएका छन् ।

यसअघि कांग्रेसबाट कुमार खड्का, माओवादी केन्द्रबाट मधुमाया अधिकारी र जनता समाजवादी पार्टीबाट हरिशरण आचार्य र स्वतन्त्र सांसद मन्त्री रहेका थिए । जसपाबाट उर्जा जलस्रोत तथा सिंचाईं मन्त्री बनेका आचार्यले भने यसअघि मुख्यमन्त्रीले गरेको प्रतिवद्धता पुरा नगरेको भन्दै सपथ ग्रहण बहिस्कार गरेका छन् ।

तस्बिर साभार : ताण्डव न्युज

 

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  २ : ३५ बजे

मुलुकको आवश्यकताअनुसार १६औँ योजनाको लक्ष्य निर्धारण गरिएको छः उपाध्यक्ष श्रेष्ठ

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले मुलुकको

भोजपुरमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु

भोजपुर । भोजपुरको आमचोक गाउँपालिकाको केन्द्र बालखाबाट मैयुँटार जाँदै गरेको

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौंं : अर्थमन्त्री पुन

काठमाडौ्रं । अर्थमन्त्री वर्षमान पुनले तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य

बझाङ १(१)मा एमाले उम्मेदवार दमनबहादुर भण्डारी विजयी

काठमाडौं। बझाङको निर्वाचन क्षेत्र नं. १(१)मा भएको प्रदेशसभा निर्वाचनमा नेकपा

६१ वर्षीय वृद्धबाट भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत

भक्तपुर । भक्तपुरमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा