१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

अवरुद्ध सिस्नेरी-दक्षिणकालिकाको यातायात सञ्चालन



मकवानपुर । मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने कुलेखानी-सिस्नेरी-दक्षिणकालिका सडकखण्डअन्तर्गत इन्द्रसरोवर गाउँपालिका-३ रामचन्द्र भञ्ज्याङ सडकमा आज बिहान सुख्खा पहिरो हटाएर आज अपराह्नबाटै यातायात सेवा सञ्चालनमा ल्याइएको छ ।

शुक्रबार बिहान करिब ३५ मिटर पहिरो खसेको हुँदा सडक विभागको प्राविधिक टोलीले पहिरो पन्छाइ आजै अपराह्नबाट यातायात सेवा सञ्चालनमा ल्याएको सिस्नेरी प्रहरी चौकीले जनाएको छ ।

पहिलो पन्छाउन सिस्नेरीबाट खटिएको प्रहरी टोलीले समन्वय गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

त्यसैगरी बागमती प्रदेशको राजधानी हेटौँडाबाट सङ्घीय राजधानी जोड्ने कान्तिलोकपथ, त्रिभुवन राजपथ, पूर्वपश्चिम राजमार्गलागयतका सडकखण्ड सञ्चालन अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  ५ : ५९ बजे

सगरमाथा र ल्होत्सेको सफल आरोहण गर्ने चिनियाँ आरोहीलाई प्रचण्डको सम्मान

काठमाडौं । सन् २०२६ को वसन्त ऋतुमा एकैपटक सर्वोच्च शिखर

वर्षायाममा किन बढ्छ मनसुनजन्य रोगको जोखिम ?

काठमाडौँ । यतिबेला वर्षायाम चलिरहेको छ । हरियाली छ प्रकृति

बुटवलका दुई रेस्टुरेन्टबाट तीन बाल श्रमिकको उद्धार

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका-६ मा सञ्चालित दुई वटा रेस्टुरेन्टबाट

बालेन्द्रलाई आरेनको चुनौती – देश चलाउन नसक्ने भए हात ठड्याउ, रास्वपाकै अर्कोले चलाउँछन्

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले सुनसरी घटनापछि

शिव शिखरका बचतकर्तालाई रकम फिर्ता : थप ५६ जनाले पाए रकम

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना