१९ असार २०८३, शुक्रबार | July 4, 2026

कांग्रेसको वडा अधिवेशन स्थगित, अन्य अधिवेशन समेत प्रभावित हुने



काठमाडौं । नेपाली कांग्रेसले वडा तहको अधिवेशन स्थगित गरेको छ।

शनिबार कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले वडा अधिवेशन स्थगित गरेको हो । साउन १२ गतेदेखि वडास्तरीय अधिवेशन गर्ने कांग्रेसको कार्यसूची थियो। वडा अधिवेशन स्थगित भएसँगै यसले अन्य सबै तहका अधिवेशनलाई समेत प्रभावित पार्ने देखिएको छ ।

क्रियाशील सदस्यता वितरणमा विवाद भएपछि निर्धारित मितिमा वडा अधिवेशन गर्न नसकिएको प्रवक्ता विश्वप्रकाश शर्माले बताए। क्रियाशील सदस्यता विवादबारे छानविन गर्न रमेश लेखकको संयोजकत्वमा समिति बनेको थियो । सो समितिले प्रतिवेदन पेश गरेपछि मात्र अधिवेशनको टुंगो लाग्ने प्रवक्ता शर्माले जनाए । समितिले यही साउन १२ गते प्रतिवेदन पेश गर्दैछ ।

नेपाली कांग्रेसको अधिवेशन आगामी भदौ १६ गतेदेखि १९ गतेसम्म काठमाडौंमा हुँदैछ । तल्लो तहका अधिवेशन प्रभावित हुँदा महाधिवेशन समेत प्रभावित हुने देखिएपछि कांग्रेसभित्र यसको विकल्पका विषयमा समेत नेताहरुले बोल्न सुरु गरेका छन् ।

प्रकाशित मिति : ९ श्रावण २०७८, शनिबार  १ : ५४ बजे

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजासहित गर्भगृहमा मूर्ति राखियो

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष

पत्रकारसँग आन्तरिक राजस्व कार्यालयको कर अन्तरक्रिया

नेपालगन्ज । । आन्तरिक राजस्व कार्यालय नेपालगन्जले बाँकेका क्रियाशील पत्रकारहरुसँग

सरकारको सुरुआत सकारात्मक र जनहितकेन्द्रित छ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जनअपेक्षा

सात विश्वविद्यालयमा उपकुलपति नियुक्त, सहकुलपतिसँग शपथ ग्रहण

काठमाडौँ । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले त्रिभुवन विश्वविद्यालयसहित

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स ९एआई०