२१ माघ २०८२, बुधबार | February 4, 2026

युथ फाेर्सले गरेकाे माइतिघरकाे फाेहर डा‍‌. गाेविन्द केसी र उनका समर्थकले सफा गरे



काठमाडाैं । दल विभाजनको अध्यादेश ल्याए देशभरी आगो बाल्ने र चावहिलको भट्टी पसलमा रक्सी पिउने लाल बुद्धिजिवीहरुलाई ठिक पार्ने धम्कि दिँदै सडक भरी फोहर गरेर छाडिएको एमालेको युथ फोर्सले गरेको फोहर डा. गोबिन्द केसी सहित उनका समर्थकहरुले सफा गरेका छन् ।

नेकपा एमालेको भातृसंगठन युवा संघ नेपालले युथफोर्सको उपत्यका कमाण्ड घोषणा गर्दै सडक भरी फोहर फालेर भ्रष्टारचारको फोहर फाल्ने उदघोष गर्दा फालिएको पानीका बोतल, चुरोटका ठूटा र टोपी झण्डा लगायतका सामाग्री डा. केसीको समर्थकहरुले सफा गरेका हुन् । फोहर उठाउनेमा डा. केसी आफै सक्रिय सहभागी बनेका थिए ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भएको लापरवाहीका विरुद्ध सांकेतिक आन्दोलनमा जम्मा भएका डा. केसीसहितको टाेलिले युथफोर्सले सडक र बगैँचामा गरेको फोहोर टिपेर व्यवस्थान गरेको हो ।

कमाण्ड घोषणा कार्यक्रममा सहभागी युथफोर्सका कार्यकर्ताले सडकभरी बोत्तल, सूर्य चिन्हसहितको क्याप, कपडा र चुरोटका ठुटा फालेका थिए।

‘युथ फोर्सको कार्यक्रम नजिकै सकिँदै रहेछ। बाटोभरि बोटल, क्याप, कपडा, चुरोटका ठुटाहरु आदि फालिएको रहेछ। हाम्रो समर्थन कार्यक्रम सकिएपछि हामीले माइतीघर सफा गर्यौँ।’ विवेकशील साझाका संयोजक मिलन पाण्डेले आफ्नो ट्वीटरमा लेखेका छन् ।

एमाले महासचिव इश्वर पोखरेलको उपस्थितीमा युथफोर्सको भ्याली कमाण्ड घोषणा गरिएको थियो । घोषणा कार्यक्रममा एमाले नेता महेश बस्नेतले सरकारले एमाले फुटाउने अध्यादेश ल्याएमा देशभर आगो लगाउने चेतावनी दिँदै एमाले विरुद्ध लेख्ने एमाले विरोधी वुद्धिजिवीहरुलाई ठिक पार्ने चेतावनी समेत दिएका थिए ।

प्रकाशित मिति : ९ श्रावण २०७८, शनिबार  १० : २३ बजे

काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान

बुटवल । मुलुकमा लोकतन्त्र, सुशासन र समावेशी विकासको यात्रालाई निरन्तरता

गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’

गुल्मी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल जापानको औपचारिक भ्रमण सकेर आज

एमाले उपाध्यक्ष पौडेलद्वारा राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष केसीकी धर्मपत्नीको स्वास्थ्य अवस्थाबारे लिए जानकारी

बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रिय

स्वास्थ्य बिमा कार्यक्रममा देखिएका समस्या समाधानका लागि अर्थमन्त्रालयसँग बजेट माग

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले राष्ट्रिय स्वास्थ्य