१५ बैशाख २०८१, शनिबार | April 27, 2024

युथ फाेर्सले गरेकाे माइतिघरकाे फाेहर डा‍‌. गाेविन्द केसी र उनका समर्थकले सफा गरे



काठमाडाैं । दल विभाजनको अध्यादेश ल्याए देशभरी आगो बाल्ने र चावहिलको भट्टी पसलमा रक्सी पिउने लाल बुद्धिजिवीहरुलाई ठिक पार्ने धम्कि दिँदै सडक भरी फोहर गरेर छाडिएको एमालेको युथ फोर्सले गरेको फोहर डा. गोबिन्द केसी सहित उनका समर्थकहरुले सफा गरेका छन् ।

नेकपा एमालेको भातृसंगठन युवा संघ नेपालले युथफोर्सको उपत्यका कमाण्ड घोषणा गर्दै सडक भरी फोहर फालेर भ्रष्टारचारको फोहर फाल्ने उदघोष गर्दा फालिएको पानीका बोतल, चुरोटका ठूटा र टोपी झण्डा लगायतका सामाग्री डा. केसीको समर्थकहरुले सफा गरेका हुन् । फोहर उठाउनेमा डा. केसी आफै सक्रिय सहभागी बनेका थिए ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भएको लापरवाहीका विरुद्ध सांकेतिक आन्दोलनमा जम्मा भएका डा. केसीसहितको टाेलिले युथफोर्सले सडक र बगैँचामा गरेको फोहोर टिपेर व्यवस्थान गरेको हो ।

कमाण्ड घोषणा कार्यक्रममा सहभागी युथफोर्सका कार्यकर्ताले सडकभरी बोत्तल, सूर्य चिन्हसहितको क्याप, कपडा र चुरोटका ठुटा फालेका थिए।

‘युथ फोर्सको कार्यक्रम नजिकै सकिँदै रहेछ। बाटोभरि बोटल, क्याप, कपडा, चुरोटका ठुटाहरु आदि फालिएको रहेछ। हाम्रो समर्थन कार्यक्रम सकिएपछि हामीले माइतीघर सफा गर्यौँ।’ विवेकशील साझाका संयोजक मिलन पाण्डेले आफ्नो ट्वीटरमा लेखेका छन् ।

एमाले महासचिव इश्वर पोखरेलको उपस्थितीमा युथफोर्सको भ्याली कमाण्ड घोषणा गरिएको थियो । घोषणा कार्यक्रममा एमाले नेता महेश बस्नेतले सरकारले एमाले फुटाउने अध्यादेश ल्याएमा देशभर आगो लगाउने चेतावनी दिँदै एमाले विरुद्ध लेख्ने एमाले विरोधी वुद्धिजिवीहरुलाई ठिक पार्ने चेतावनी समेत दिएका थिए ।

प्रकाशित मिति : ९ श्रावण २०७८, शनिबार  १० : २३ बजे

भेरी अस्पतालमा रेबिजविरुद्धको खोप अभाव

नेपालगन्ज । नेपालगञ्जस्थित भेरी अस्पतालमा रेबिज रोगविरुद्धको खोप नहुँदा सर्वसाधारण

 ‘अब त्रिविले समयमै परीक्षा सञ्चालन र नतिजा प्रकाशन गर्नेछ’  :  शिक्षाध्यक्ष प्राडा केसी

काठमाडौं । नेपाल सरकारले हालै त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्षमा प्रोफेसर डा

टस जितेपछि वेस्ट इन्डिज ए विरुद्ध नेपालले पहिले बलिङ गर्दै

काठमाडौँ । नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको

जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको

ताइवानमा ६.१ रेक्टरको भूकम्प

काठमाडौं । ताइवानमा भूकम्पको धक्का महसुस गरिएको छ । ताइवानको