३० चैत्र २०८२, सोमबार | April 13, 2026

अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा नेपाल पक्ष र ओली पक्षका सांसदबीच भनाभन



काठमाडौं । संसदीय समितिमा नेकपा एमालेका वरिष्ठ नेता र एमालेकै सांसदबीच भनाभन भएको छ ।

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको बैठकमा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र एमाले अध्यक्ष केपी शर्मा ओली पक्षका सांसद नारदमुनि राना र वरिष्ठ नेता माधवकुमार नेपालबीच भनाभन भएको हो ।

आइतबार सिंहदबारमा बिहान ११ बजे बोलाइएको बैठकमा नेता नेपालले प्रतिनिधिसभा पुनर्स्थापना भएकोमा खुसी व्यक्त गरेका थिए । पूर्वप्रधानमन्त्रीको हैसियतमा समितिका सभापति पवित्रा निरौलासँगै बसेका नेपालले जनताको बलमा संघर्ष गरेर संसद पुनर्स्थापना भएको बताएका थिए ।

बैठकको बीचमा प्रवेश गरेका सांसद नारदमुनी रानाले भने सर्वोच्च अदालतको आदेशले प्रतिनिधिसभा पुनर्स्थापना भएको भन्दै आफ्नै दलका अध्यक्ष केपी शर्मा ओलीले विश्वासको मत लिने बेलामा सांसदहरु घरमा सुतेको भन्दै व्यङ्ग गरेपछि माहौल बिग्रन सुरु भएको थियो ।

गत बैशाख २७ गते प्रधानमन्त्री ओलीले विश्वासको मत लिने बेलामा एमालेकै २८ जना सांसद अनुपस्थित भएका थिए । रानाले संसद विघटन राजनीतिक निर्णय भएको भन्दै त्यस्तो निर्णय गर्ने अवस्थामा पुर्याएकोमा माधव नेपालले जिम्मा लिनुपर्ने जिकिर गरे ।

त्यसपछि एमालेकै दीपकप्रकाश भट्टले रानाको भनाइप्रति आपत्ति जनाउँदै रानालाई प्रतिगमनको मतियार भएको आरोप लगाए । त्यसपछि नेता नेपालले प्रतिगमनका मतियारलाई संसदमा बस्ने अधिकार नभएको भन्दै बाहिर जान चुनौति दिए ।

राना विरुद्ध माओवादी केन्द्र र कांग्रेसका सांसदहरु पनि खनिएका थिए । एमालेकी सरला यादवले पनि रानालाई नै दोषी देखाउँदै जथाभावी नबोल्नु भन्दै चेतावनी दिइन ।

यसअघि दिएका निर्देशन कार्यान्वयनको विषयमा छलफल गर्न समितिको बैठक बसेपनि बैठक मुल विषयमा प्रवेशै नगरी सकियो ।

प्रकाशित मिति : १० श्रावण २०७८, आइतबार  ३ : २८ बजे

कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने

काठमाडौं । कालीगण्डकी जलाशयुक्त जलविद्युत् आयोजना ६४० मेगावाट क्षमताको निर्माण

२०८२ राजनीतिक ‘सुनामी’को वर्ष

काठमाडौं । राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो ।

आइतबार पनि स्वास्थ्य सेवा नियमित सञ्चालन गर्न मन्त्रालयको निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य संस्था (अस्पताल)लाई आइतबार

भोलिबाट प्रथम खजुरा गोल्डकप फुटबल, खेलाडीहरु खजुरा पुग्दै

खजुरा । ‘एमटी एरिना प्रथम खजुरा गोल्डकप फुटबल प्रतियोगिता–२०८२’ को

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

बुटवल । गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल-गैँडाकोट राजमार्गको