२१ माघ २०८२, बुधबार | February 4, 2026

मुस्ताङमा कोरोना खोप पुगेपछि स्थानीय उत्साही



जोमसोम । मुस्ताङमा मुस्किलले कोरोना विरुद्धको खोप आइपुगेपछि यहाँका ९० प्रतिशत नागरिक खोपको पहुँचमा जोडिने पक्का भएको छ।

कोरोना कहरका कारण लामो सयमदेखि पोखरा–जोमसोम हवाई सेवा संञ्चालन नभएको र बर्खायामको मौसममा बाढी पहिरो र नदी कटानका कारण ठाउँठाउँमा सडक अवरुद्ध हुँदै गर्दा जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङले निकै कष्ट गरी मुस्किलले कोरोना विरुद्धको खोप ६ दिनअघि जिल्ला भित्र्याएको थियो ।

मुस्ताङमा गत सोमबार अमेरिकी अनुदानको कोरोना विरुद्धको जोन्सन एण्ड जोन्सन खोप ढुवानी गरिए पनि स्वास्थ्य मन्त्रालयले ५० देखि ५४ वर्ष उमेर समूहका नागरिकलाई मात्र खोप लगाउने निर्देशन गरेपछि खोप कार्यक्रम ६ दिन पर धकेलिएको थियो।

तर, स्वास्थ्य कार्यालयले भने मुस्ताङका ५ वटै स्थानीय तहलाई १८ वर्षदेखि ५४ वर्षका नागकिरलाई खोप लगाउन स्थानीय तहसँग समवन्य गरी तथ्याङ्क संकलन गरेको थियो । केन्द्रीय खोप नीतिले प्रभावित बनेको खोप अभियान जिल्लाबाट यथाशीघ्र खोप प्रदान गर्न दवाव सृजना भएपछि गण्डकी प्रदेशको समन्वयमा दुर्गम तथा कम जनसंख्या रहेको मनाङ र मुस्ताङमा १८ वर्षदेखि माथि उमेरका नागरिकलाई खोप लगाउने अनुमती दिइएको थियो।

गण्डकी प्रदेशको स्वास्थ्य आपूर्ति शाखाबाट मुस्ताङलाई ६ हजार ५ सय डोज अमेरिकी जोन्सन एण्ड जोन्सन खोप उपलब्ध गराएको थियो । उक्त खोपको कोल्ड स्टोर बक्स ठाउँ ठाउँमा बोकाउँदै र विभिन्न ठूलो खोलामा ट्याक्टर मार्फत तार्दै मुस्ताङसम्म ल्याइएको थियो ।

स्वास्थ्य कार्यालय मुस्ताङले जिल्लामा आएको खोप ५ वटै स्थानीय तहलाई आवश्यकता र औचित्यको आधारमा वितरण गरेको जनाएको छ ।

खोपको ब्यग्र पर्खाइमा बसेका मुस्ताङीहरु आइतबारबाट खोपको पहुँचमा जोडिँदै छन् । यसका लागि मुस्ताङका पालिकाहरुले समय तालिका मिलाएर नागरिकलाई खोप लगाउने व्यवस्था मिलाएका छन् । उपल्लो मुस्ताङको लोमान्थाङमा आइतबारदेखि तीन दिनसम्म नागरिकलाई खोप लगाउने कार्यक्रम राखेको छ भने लोघेकर दामोदरकुण्ड गापाले एकै दिन ५ वटै वडामा स्वास्थ्यकर्मी तथा स्वंयसेवक खटाएर खोप लगाउने जनाएको छ ।

लोमान्थाङ गापाले दोश्रो दिन सीमावर्ती क्षेत्र छोसेर र छोनुपमा खोप लगाउने कार्यक्रम राखेको छ । लामो समयदेखि खोपको ब्यग्र पखाइमा बसेका उपल्लो मुस्ताङबासी खोप लगाउने अवसर पाउँदा उत्साही भएको लोघेकर दामोदरकुण्ड गापाकी स्वास्थ्यकर्मी पासाङ ढोल्मा गुरुङले जानकारी दिइन् ।

यस्तै, वारागुङ मुक्तिक्षेत्रमा झन्डै १८ सय नागरिक खोपको पहुँचमा जोडिने स्वास्थ्य संयोजक खगेन्द्र बोहोराले जानकारी दिए । उनले कोरोनाका कारण स्थानीय जनजीवन प्रभावित भएकोमा खोप अभियानले स्थानीय जनजीवन सामान्य रुपमा फर्किने दावी गरे ।

स्वास्थ्य कार्यालय मुस्ताङले भूगोल र जनसंख्याको आधारमा उपल्लो मुस्ताङको लोमान्थाङलाई एक हजार ५० डोज र लोघेकर दामोदरकुण्ड गापालाई ९ सय डोज खोप उपलब्ध गराएको स्वास्थ्य प्रमुख टीकाराम भण्डारीले जानकारी दिए । यस्तै, मुस्ताङको तल्लोक्षेत्र वारागुङ मूक्तिक्षेत्र, घरपझोङ र थासाङ गापालाई १२/१२ सय डोज जोन्सन एण्ड जोन्सन खोप पठाएको उनले बताए।

जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङलाई उपलब्ध खोपको डोजले ९० प्रतिशतसम्म थेग्न सक्ने स्वास्थ्य कार्यालयको भनाइ छ । यसअघि मुस्ताङमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी, जनप्रतिनिधि, पत्रकार, सरसफाईकर्मी र ५५ वर्ष माथिका नागरिकले कोभिसिल्ड र भेरोसिल खोप लगाइसकेका थिए । आजको अन्नपूर्ण पोस्टमा सुन्दरकुमार थकालीले लेखेका छन ।

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार  ६ : ४९ बजे

एन आई सी एशियाले दियो जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति

काठमाडौ । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक

निर्वाचन प्रचारप्रसार आयव्ययका लागि बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि जारी

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

काँग्रेस उम्मेदवार चुन्न पौडेललाई पूर्व आप्रवासीको बलियो साथ

बुटवल । आसन्न प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही २ मा नेपाली काँग्रेसका

युवालाई भविष्य होइन वर्तमानका साझेदार बनाउँदै ‘बदलिएको कांग्रेस’ अघि बढ्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले युवालाई देशको भविष्यका

काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान

बुटवल । मुलुकमा लोकतन्त्र, सुशासन र समावेशी विकासको यात्रालाई निरन्तरता