२३ बैशाख २०८१, आइतबार | May 5, 2024

लाफा समुहद्धारा एक सय घरलाई खाद्यान्न वितरण



बुटवल । खेलकुदसंगै सामाजिक गतिविधिमा अग्रसर रहेको बुटवलको लाफा समुहले दैनिक ज्याला मजदुरी गरि जिविकोपार्जन गर्ने एक सय परिवारलाई खाद्यान्न वितरण गरेको छ । कोरोना भाईरसको संक्रमण रोक्न नेपाल सरकारले गरेको लक डाउनको अवधि थप हुदै जादा समस्यामा परेको बुटवल-११, सत्यवती(विनापाते) टोल समितिका ७० र वडा नं ८ का ३० गरि एक सय घरधुरीलाई १५ किलो चामल, २ किलो दाल, १ लिटर तेल र एक पोका नुन वितरण गरेको हो ।

बुटवल उपमहानगरपालिकाले नगरका सबै वडाहरुमा दैनिक ज्यालादारीमा जीविकोपार्जन गर्ने श्रमिकका घरपरिवारका लागि बनाएको राहत प्याकेज अनुसार वडा नम्बर ११ संग सम्पर्क गरी सत्यवती टोल समितिका अध्यक्ष भिम बहादुर केसी र वडा नं. ८ का वडा अध्यक्ष भिम बहादुर श्रेष्ठलाई सहयोग हस्तान्तर गरेको छ ।

लाफा समुहका संरक्षक बासुदेव लामिछाने मगरले अहिलेको कठिन समयमा थोरै भएपनि समुहबाट सामाजिक कार्यमा योगदान दिएको बताउनुभयो । समुहका प्रत्येक सदस्यबाट १५ सयका दरले सहयोग उठाएर सहयोग जुटाएको समुहका अध्यक्ष तारा रेश्मीले बताउनुभयो । नाम अनुसार नै लाफाले सबैलाई साथ दिने र सहयोग गर्दै आएको उहाले बताउनुभयो ।

यसैगरि लकडाउन अबधिमा बिभिन्न जिल्लाहरुका ४ जना व्यक्तिmहरुलाइ बिभिन्न गु्रपका १२ पोका रगत उपलब्ध गराएको र अझ पनि कुनै बिरामीहरुलाइ रगतको आवश्यकता परे समुहमार्फत सम्पर्क गरेर रक्तदान गर्ने ब्यवस्था गरिएको समुहका उपाध्यक्ष पुरन गाहाले बताउनुभयो । कार्यक्रमको संचालन क्लबका सचिब यसपाल चौतारेले गर्नुभएको थियो ।

लाफा समुहसंगै ज्ञानी पोलि टैकका संचालक रन्जन कसजुबाट २ क्विन्टल चामल त्यसैगरी इमान होटल चरङ्गका संचालक इमान सिह थापाले ५० केजी र चिरञ्जिवि थैवले २५ केजी चामल सहयोग गर्नुभएको थियो ।

समुहले केही महिना अगाडी प्रदेश ५ कै ठूलो पुरस्कारको व्याडमिन्टन प्रतियोगिता सम्पन्न गरेको थियो । हाल समुहमा ८५ जना सदस्यहरु रहेका छन ।

प्रकाशित मिति : २३ चैत्र २०७६, आइतबार  ८ : १३ बजे

लुम्बिनी प्रदेशका सभामुखसहितको टोली चीन भ्रमणमा

दाङ । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीसहितको टोली एकसाताका लागि

पत्रकार सुरक्षित नभई समाचारमा निष्पक्षता कायम हुनसक्दैनः कानुनमन्त्री गिरी

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले पत्रकार

धुञ्चे गोसाइँकुण्ड केबुलकार निर्माण गर्नुपर्छ : केपी ओली

रसुवा । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा

बागमती प्रदेशमा नेवारी र तामाङ भाषालाई सरकारी कामकाजमा प्रयोग गरिने

हेटौडा । बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्यले

तिक्तता र गुटबन्दीलाई लिएर सधैं हिडिराख्नु राम्रो होइन : डा. शेखर कोइराला

कोहलपुरं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राष्ट्र नै