१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

लाफा समुहद्धारा एक सय घरलाई खाद्यान्न वितरण



बुटवल । खेलकुदसंगै सामाजिक गतिविधिमा अग्रसर रहेको बुटवलको लाफा समुहले दैनिक ज्याला मजदुरी गरि जिविकोपार्जन गर्ने एक सय परिवारलाई खाद्यान्न वितरण गरेको छ । कोरोना भाईरसको संक्रमण रोक्न नेपाल सरकारले गरेको लक डाउनको अवधि थप हुदै जादा समस्यामा परेको बुटवल-११, सत्यवती(विनापाते) टोल समितिका ७० र वडा नं ८ का ३० गरि एक सय घरधुरीलाई १५ किलो चामल, २ किलो दाल, १ लिटर तेल र एक पोका नुन वितरण गरेको हो ।

बुटवल उपमहानगरपालिकाले नगरका सबै वडाहरुमा दैनिक ज्यालादारीमा जीविकोपार्जन गर्ने श्रमिकका घरपरिवारका लागि बनाएको राहत प्याकेज अनुसार वडा नम्बर ११ संग सम्पर्क गरी सत्यवती टोल समितिका अध्यक्ष भिम बहादुर केसी र वडा नं. ८ का वडा अध्यक्ष भिम बहादुर श्रेष्ठलाई सहयोग हस्तान्तर गरेको छ ।

लाफा समुहका संरक्षक बासुदेव लामिछाने मगरले अहिलेको कठिन समयमा थोरै भएपनि समुहबाट सामाजिक कार्यमा योगदान दिएको बताउनुभयो । समुहका प्रत्येक सदस्यबाट १५ सयका दरले सहयोग उठाएर सहयोग जुटाएको समुहका अध्यक्ष तारा रेश्मीले बताउनुभयो । नाम अनुसार नै लाफाले सबैलाई साथ दिने र सहयोग गर्दै आएको उहाले बताउनुभयो ।

यसैगरि लकडाउन अबधिमा बिभिन्न जिल्लाहरुका ४ जना व्यक्तिmहरुलाइ बिभिन्न गु्रपका १२ पोका रगत उपलब्ध गराएको र अझ पनि कुनै बिरामीहरुलाइ रगतको आवश्यकता परे समुहमार्फत सम्पर्क गरेर रक्तदान गर्ने ब्यवस्था गरिएको समुहका उपाध्यक्ष पुरन गाहाले बताउनुभयो । कार्यक्रमको संचालन क्लबका सचिब यसपाल चौतारेले गर्नुभएको थियो ।

लाफा समुहसंगै ज्ञानी पोलि टैकका संचालक रन्जन कसजुबाट २ क्विन्टल चामल त्यसैगरी इमान होटल चरङ्गका संचालक इमान सिह थापाले ५० केजी र चिरञ्जिवि थैवले २५ केजी चामल सहयोग गर्नुभएको थियो ।

समुहले केही महिना अगाडी प्रदेश ५ कै ठूलो पुरस्कारको व्याडमिन्टन प्रतियोगिता सम्पन्न गरेको थियो । हाल समुहमा ८५ जना सदस्यहरु रहेका छन ।

प्रकाशित मिति : २३ चैत्र २०७६, आइतबार  ८ : १३ बजे

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना

पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

काठमाडौँ । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो

अन्तरराष्ट्रिय आलु दिवस :‘आलु जहाँ फल्छ, त्यहाँ जीविकोपार्जन फस्टाउँछ’

काठमाडौँ । आज अन्तरराष्ट्रिय आलु दिवस हो । ‘आलु जहाँ