२ पुस २०८२, बुधबार | December 17, 2025

बालुवाटारमा सत्ता गठबन्धनको बैठक : मन्त्रिपरिषद् विस्तार र राजनीतिक नियुक्ति छलफलको एजेण्डा



काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक बसेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजेबाट बसेको बैठकमा मन्त्रिपरिषद् विस्तारको विषयमा छलफल भएको छ। यस्तै बैठकमा सरकार संचालनका लागि सहजिकरण गर्न बनाउने सरकारको न्यूनतम साझा कार्यक्रम र मन्त्रालय बाँडफाँड एवं राजनीतिक नियुक्तिका विषयमा समेत छलफल भएको बताइएको छ ।

जनता समाजवादी पार्टी जसपाले निर्वाचन आयोगबाट आधिकारिकता पाएपछि गठबन्धनको पहिलो पटक बैठक बसेको हो ।

असार २९ गते प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा चारमन्त्रीसहित पाँच सदस्यीय मन्त्रिपरिषद् गठन भएपनि त्यसपछि विस्तार हुन सकेको छैन । प्रधानमन्त्री देउवाले तीन दिनअघि स्वास्थ्य मन्त्रालय आफ्नो मातहत रहनेगरी स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गरेका थिए । तर, श्रेष्ठको नियुक्तिको विषयमा गठबन्धनमा मात्र नभएर कांग्रेसमा समेत छलफल नभएको भन्दै कांग्रेसकै देउवा निकट नेताहरुले समेत असन्तुष्टि सार्वजनिक गरेका थिए ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपा अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलगायतका नेताहरु सहभागी भएका छन् । बैठकमा एमालेको माधव नेपाल पक्षबाट डा. विजय पौडेल सहभागी भएका छन् । यसअघि बसेको बैठकमा भने नेता नेपाल नै उपस्थित भएका थिए ।

जसपाको आधिकारिकताबारे निर्वाचन आयोगले फैसला गरिसकेपछि अब मन्त्रिपरिषद् विस्तार गर्न ढिलाई गर्न नहुने नेताहरुले बताएका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले हिजो प्रधानमन्त्री देउवा र नेता नेपालसँग भेटवार्ता गरेका थिए । सोही भेटवार्तापछि अपरान्ह बसेको मन्त्रिपरिषद् बैठकले दुई वटा प्रदेशका प्रदेश प्रमुख फेर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिनी प्रदेशमा अमिक शेरचन र गण्डकी प्रदेशमा पृथ्वीमान गुरुङलाई प्रदेश प्रमुख नियुक्त गरिसकेकी छिन् ।

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार  ८ : ४१ बजे

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन

खानेपानीको सङ्कट झेल्दै चुरेफेदका मेनहर्वावासी

सिरहा । लहान नगरपालिका-१५ स्थित मेनहर्वा बस्तीका स्थानीय लामो समयदेखि