२० असार २०८३, शनिबार | July 4, 2026

बालुवाटारमा सत्ता गठबन्धनको बैठक : मन्त्रिपरिषद् विस्तार र राजनीतिक नियुक्ति छलफलको एजेण्डा



काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक बसेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजेबाट बसेको बैठकमा मन्त्रिपरिषद् विस्तारको विषयमा छलफल भएको छ। यस्तै बैठकमा सरकार संचालनका लागि सहजिकरण गर्न बनाउने सरकारको न्यूनतम साझा कार्यक्रम र मन्त्रालय बाँडफाँड एवं राजनीतिक नियुक्तिका विषयमा समेत छलफल भएको बताइएको छ ।

जनता समाजवादी पार्टी जसपाले निर्वाचन आयोगबाट आधिकारिकता पाएपछि गठबन्धनको पहिलो पटक बैठक बसेको हो ।

असार २९ गते प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा चारमन्त्रीसहित पाँच सदस्यीय मन्त्रिपरिषद् गठन भएपनि त्यसपछि विस्तार हुन सकेको छैन । प्रधानमन्त्री देउवाले तीन दिनअघि स्वास्थ्य मन्त्रालय आफ्नो मातहत रहनेगरी स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गरेका थिए । तर, श्रेष्ठको नियुक्तिको विषयमा गठबन्धनमा मात्र नभएर कांग्रेसमा समेत छलफल नभएको भन्दै कांग्रेसकै देउवा निकट नेताहरुले समेत असन्तुष्टि सार्वजनिक गरेका थिए ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपा अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलगायतका नेताहरु सहभागी भएका छन् । बैठकमा एमालेको माधव नेपाल पक्षबाट डा. विजय पौडेल सहभागी भएका छन् । यसअघि बसेको बैठकमा भने नेता नेपाल नै उपस्थित भएका थिए ।

जसपाको आधिकारिकताबारे निर्वाचन आयोगले फैसला गरिसकेपछि अब मन्त्रिपरिषद् विस्तार गर्न ढिलाई गर्न नहुने नेताहरुले बताएका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले हिजो प्रधानमन्त्री देउवा र नेता नेपालसँग भेटवार्ता गरेका थिए । सोही भेटवार्तापछि अपरान्ह बसेको मन्त्रिपरिषद् बैठकले दुई वटा प्रदेशका प्रदेश प्रमुख फेर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिनी प्रदेशमा अमिक शेरचन र गण्डकी प्रदेशमा पृथ्वीमान गुरुङलाई प्रदेश प्रमुख नियुक्त गरिसकेकी छिन् ।

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार  ८ : ४१ बजे

विश्वकपमा मेसीको अर्को इतिहास, लगातार आठ खेलमा गोल गर्ने पहिलो खेलाडी

काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले फिफा विश्वकप इतिहासमा अर्को

नारायणघाट-बुटवल सडक : पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु । नारायणघाट-बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य सडकको

फरार दुई प्रतिवादी पक्राउ

कञ्चनपुर । कञ्चनपुर प्रहरीले विभिन्न मुद्दामा फरार रहेका दुई जना

देशभर मनसुन सक्रिय, आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि

संघर्षपूर्ण जितसहित अर्जेन्टिना अन्तिम १६ मा, अब इजिप्टसँग भिड्ने

काठमाडौं । डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले अतिरिक्त समयमा संघर्षपूर्ण प्रदर्शन गर्दै