२१ चैत्र २०८२, शनिबार | April 4, 2026

राष्ट्रपति भण्डारीद्वारा सिन्धुलीगढी युद्ध सङ्ग्रालयको उद्घाटन



सिन्धुलीगढी । राष्ट्रपति विद्यादेवी भण्डारीले सिन्धुलीगढीमा निर्मित युद्ध संग्रहालयको उदघाटन गरेकी छिन् ।

सिन्धुलीको कमलामाई नगरपालिकाको आर्थिक सहयोगमा नेपाली सेनाले निर्माण यो युद्ध संग्राहलय निर्माण गरेको हो ।

राष्ट्रपति भण्डारी संग्राहलय उद्घाटन गर्न हेलिकोप्टर चढेर सिन्धुली पुगेकी थिइन ।

नेपाल अङ्ग्रेजबीच १८२४ मा भएको लडाँईका काल्पनिक दृष्यहरुलाई जिवन्त राखेर तयार गरिएको युद्ध संग्रहालय निर्माणमा सेनाले झण्डै सात करोड रुपैयाँ खर्च गरेको छ ।

सङ्ग्रहालयमा युद्धकालीन अवस्थाका पात्रहरु, सिन्धुलीगढी युद्धको टाइम लाइन, युद्धको परिदृश्य, सिन्धुलीगढी युद्धका वृत्तचित्र, चरणबद्ध युद्धका चित्रहरु, तत्कालीन युद्धमा प्रयोग भएका घरेलु हतियार, युद्धकालीन हातहतियार, अङ्ग्रेजहरुले प्रयोग गरेका तोप, नेपाली योद्धा, ब्रिटिश योद्धा, नेपाली योद्धाका कलाचित्र, मिथिला कला, बेलायतीहरुको नाममा बनाइएका स्तम्भ, युद्धकालीन शिलालेख, ऐतिहासिक दस्तावेज तथा इतिहासका पुस्तकहरु राखिएका छन्।

वि।सं। १८२४ असोजमा नेपाल राज्यमाथि अङ्ग्रेज सेनाले आक्रमण गर्दा सिन्धुलीगढीमा नेपाली सेनाले अंग्रेज सेनालाई हराएको थियो । उक्त युद्धमा बंसु गुरुङको नेतृत्वमा रहेको गोर्खाली सेनाले अग्रेज सेनालाई हराएका थिए।

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार  ११ : ०३ बजे

प्रहरी ‘अप्रेसन’ : १८९ जना पक्राउ

काठमाडौँ । काठमाडौँ प्रहरीले बिचौलिया बनेर कानुनविपरीत काम गर्ने, विभिन्न

ठुलो परिमाणको ब्राउन सुगरसहित ४ जना पक्राउ

नेपालगन्ज । नेपालगन्जबाट प्रहरीले ठुलो परिमाणको लागु औषध ब्राउन सुगरसहित

कांग्रेसको ७७ वटै जिल्लामा ‘जरा अभियान’, यी हुन ७७ जिल्लाका केन्द्रीय प्रतिनिधि (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसले १५ औं महाधिवेशनको प्रक्रिया अगाडी बढाएसँगै

लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, १२ घाइते

लमजुङ । आज साँझ यहाँ जिप दुर्घटना हुँदा दुई जनाको

परिचयपत्र नभएका व्यक्तिहरूले कांग्रेसको १५औँ महाधिवेशनमा भाग लिन नपाउने

ललितपुर । नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशनका लागि निर्वाचन क्षेत्रमा