१७ माघ २०८२, शनिबार | January 31, 2026

राष्ट्रपति भण्डारीद्वारा सिन्धुलीगढी युद्ध सङ्ग्रालयको उद्घाटन



सिन्धुलीगढी । राष्ट्रपति विद्यादेवी भण्डारीले सिन्धुलीगढीमा निर्मित युद्ध संग्रहालयको उदघाटन गरेकी छिन् ।

सिन्धुलीको कमलामाई नगरपालिकाको आर्थिक सहयोगमा नेपाली सेनाले निर्माण यो युद्ध संग्राहलय निर्माण गरेको हो ।

राष्ट्रपति भण्डारी संग्राहलय उद्घाटन गर्न हेलिकोप्टर चढेर सिन्धुली पुगेकी थिइन ।

नेपाल अङ्ग्रेजबीच १८२४ मा भएको लडाँईका काल्पनिक दृष्यहरुलाई जिवन्त राखेर तयार गरिएको युद्ध संग्रहालय निर्माणमा सेनाले झण्डै सात करोड रुपैयाँ खर्च गरेको छ ।

सङ्ग्रहालयमा युद्धकालीन अवस्थाका पात्रहरु, सिन्धुलीगढी युद्धको टाइम लाइन, युद्धको परिदृश्य, सिन्धुलीगढी युद्धका वृत्तचित्र, चरणबद्ध युद्धका चित्रहरु, तत्कालीन युद्धमा प्रयोग भएका घरेलु हतियार, युद्धकालीन हातहतियार, अङ्ग्रेजहरुले प्रयोग गरेका तोप, नेपाली योद्धा, ब्रिटिश योद्धा, नेपाली योद्धाका कलाचित्र, मिथिला कला, बेलायतीहरुको नाममा बनाइएका स्तम्भ, युद्धकालीन शिलालेख, ऐतिहासिक दस्तावेज तथा इतिहासका पुस्तकहरु राखिएका छन्।

वि।सं। १८२४ असोजमा नेपाल राज्यमाथि अङ्ग्रेज सेनाले आक्रमण गर्दा सिन्धुलीगढीमा नेपाली सेनाले अंग्रेज सेनालाई हराएको थियो । उक्त युद्धमा बंसु गुरुङको नेतृत्वमा रहेको गोर्खाली सेनाले अग्रेज सेनालाई हराएका थिए।

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार  ११ : ०३ बजे

बुटवलका व्यवसायीबाट नेपाल प्रहरीलाई पुस्तक तथा खेलकुद सामाग्रि प्रदान

बुटवल । बुटवल उद्योग वाणिज्य संघको वस्तुगत संगठन रुपन्देही पुस्तक

पत्रकार पिटरलाई इच्छुक पत्रकारिता पुरस्कार

नेपालगन्ज । वरिष्ठ पत्रकार एवं साहित्यकार नरेन्द्रजङ्ग पिटरलाई यस वर्षको

चुनावी सुरक्षा र निष्पक्षता सुनिश्चित गर्न अध्यक्ष ओलीको माग

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

चौथो न्यू होराइजन कप अन्तर मावि छात्र भलिबल प्रतियोगिताको उपाधि आयोजकलाई

बुटवल । बुटवलमा सम्पन्न चौथो न्यू होराइजन कप अन्तर माध्यमिक

गैँडाको आक्रमणबाट एक जनाको मृत्यु

चितवन । गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।